कांग्रेसका क्रियाशील सदस्य ४ लाख ७० हजार २ लाख २१ हजार ७९ थपिए, सदस्यता विवाद मिलेको दाबी


२०७२ पुष १ गते १४:३६ मा प्रकाशित
Congrss-CC-Meeting
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागीहरु । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर
१ पुस, काठमाडौं । नेपाली कांग्रेसमा २ लाख २१ हजार ७९ नयाँ सदस्य थपिएका छन् । नवीकरण गरेका पुराना र नयाँ थपिएका गरी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको संख्या ४ लाख ७० हजार ६ सय ५५ पुगेको छ ।
यसअघि ३ लाख १६ हजार ८६६ क्रियाशील सदस्य थिए । नविकरण गर्दा २ लाख ५७ हजार ४०२ जनाले मात्रै गरेका छन् ।
यो तथ्यांक बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सदस्यता छानविन समिति संयोजक नरहरि आचार्यले पेश गरेको प्रतिवेदनको हो ।
आचार्यको प्रतिवेदन बैठकले पास गरेको छ । यो प्रतिवेदन पास भएसँगै संस्थापन र देउवा पक्षबीच सदस्यतासम्वन्धि विवाद मिलेको कांग्रेस नेताहरुले दाबी गरेका छन् । दुई दर्जनभन्दा बढी जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद थियो ।
बुधबारको बैठक प्रतिवेदन पारित गरी स्थगित गरिएको छ । विहीबार विहान ११ बजे बस्ने बैठकमा आचार्यको प्रतिवेदनमा छलफल हुने कांग्रेसले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयक सदनमा पेश हुनुलाई सकारात्मक लिँदै समस्या समाधानका लागि अन्य दलसँग पनि परामर्श गरेर अघि बढ्ने निर्णय गरेको छ।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडुले पार्टीको संस्थागत निर्णयअनुरुप सदनमा दुबै विधेयक प्रस्तुत हुनु सकारात्मक ठहर गर्दै यसले अहिलेको समस्या समाधान गर्न सहयोग पुग्ने बताए ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज