भ्रष्टाचारको आरोपमा सशस्त्र प्रहरी बलका महानिरीक्षक वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

वन्तलाई सघाउने दुई डीएसपी निलम्बनprin


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकारकालाई सिफारिस गरेको छ। सशस्त्रमा सामान खरिद गर्दा नियम अनुसार नगरिएको र खरिद गरिएको भनिएका सामान ढुवानी नलिई झण्डै ३ करोड रूपैयाभन्दा ज्यादा रकम भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो।
उक्त उजुरीको आधारमा अख्तियारको प्रारम्भिक अनुसन्धानमा वन्तले भ्रष्टाचार गरेको देखिएको र वन्त सशस्त्रको प्रमुखमा रहिरहँदा सवुद प्रमाणहरु नष्ट पार्न सक्ने भन्दै अख्तियारले निलम्बनका लागि सरकारलाई सिफारिस गरेको हो।
सशस्त्रका प्रमुख वन्तसँगै उनको निर्णयलाई सघाउने सशस्त्रका २ सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) र एक जना सशस्त्र प्रहरी निरीक्षक समेत निलम्बनमा परेका छन्। डीएसपीहरुमा सुमनजङ्ग थापा, रामकृष्ण महर्जन र निरीक्षक विनबहादुर थापा छन्।
सशस्त्रका लागि आवश्यक सामान खरिद गर्दा नक्कली वील भर्पाई पेश गरेको र टेण्डर अनुसारको सामान खरिद नगरेको आरोप वन्तमाथि लागेको छ।
छानबिनको दायरामा रहेका वन्तलाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको उच्च स्रोतले सेतोपाटीलाई बतायो। अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
बिस २०७० असारमा आइजिपी वन्तको सम्पत्ति रोक्का गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो । एक चिनियाँ कम्पनीसँग टियर ग्यास खरिद गर्दा पनि वन्तले ठूलो रकम अनियमितता गरेको स्रोतले बतायो ।
सशस्त्रको आर्थिक प्रशासन शाखाका पूर्वएसएसपी चिरञ्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरको खाता रोक्का राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो । वन्तमाथि पेट्रोलपम्प तथा कल्याण शाखाको हिसाबकिताब पनि अस्तव्यस्त बनाएको पनि आरोप छ ।
उनी सशस्त्र प्रहरी महानिरीक्षक २०६८ चैत २९ गते बुधबारका दिन नियुक्त भएका हुन् । विस २०४६ पुष ४ गतेबाट दिन उनी प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ती भएका थिए । २०५८ फागुन ९ गते सशस्त्र प्रहरीमा उनी एक तह बढुवा भएर गएका थिए।
 
यस्तो छ अख्तियारको विज्ञप्ति
 
 


प्रकाशित मिति: बिहीबार, पौष २, २०७२ १५:०३:२९

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज