प्रधानमन्त्री ओलीको स्वागतमा २७ वटा गाडीको लर्को

२०७२ पुष १५ गते २०:०५ मा प्रकाशित
 
Kp-oli-At-Biratnagar
ध्रुव भट्टराई
१५ पुस, बिराटनगर । भारतीय नाकाबन्दी अझै हटेको छैन र, देशभर नै इन्धनको अभाव कायमै छ । तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर विमानस्थल उत्रँदा भने उनलाई स्वागत गर्ने जानेहरुको गाडीको लाइन नै लाग्यो ।
प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने क्रममा विराटनगर विमानस्थलमा उत्रिएका थिए । उनको स्वागतमा सुरक्षा निकायका साथै सरकारी कार्यालयका प्रमुखहरुसहितका २७ वटा सवारी विमानस्थल पुगेका थिए ।
Gadi-Line
विराटनगर विमानस्थलको भीआइपी कक्षदेखि विमानस्थल सुरक्षार्थ रहेको नेपाली सेनाको गणको मुखयद्धारसम्म सवारी साधानको लर्को देखिन्थ्यो ।
गाडीहरुलाई एक लाइनमा राखिएकबो थियो । तर, अटाउन नसकेपछि कतिपय सरकारी अधिकारीको सवारी साधान विमानस्थलको पाकिङमा समेत राखिएको भेटियो ।
विराटनगर विमानस्थलवाट प्रधानमन्त्री निस्किपछि सवारी साधानको लर्को उनी बास वस्ने स्थान सुनसरीको इटहरीस्थित सशस्त्र प्रहरीको पुर्वी मुख्यालयसम्म पुगेको छ ।Gadi-Line-1

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज