कांग्रेसले महाधिवेशमा तीन करोड खर्चिने, तयारीका लागि १३ समिति गठन

२०७२ मंसिर २७ गते ७:१५ मा प्रकाशित
२७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको महाधिवेशनका लागि चहलपहल बढ्रन थालेको छ । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको छ । कांग्रेसको वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा, १३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ।
Congress-Flagचार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो । तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो नभएको बताएको नयाँ पत्रिकामा खबर छ ।
महाधिवेशनका लागि कांग्रेसले १३ समिति गठन गरेको छ ।
तयारी गर्न १३ समिति
तेह्रौँ महाधिवेशन मूल तयारी समिति : संयोजक– सभापति सुशील कोइराला
नीति तथा कार्यक्रम प्रस्ताव समिति : संयोजक– उपसभापति रामचन्द्र पौडेल
महाधिवेशन व्यवस्थापन समिति : संयोजक– भीमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति
पार्टी विधान संशोधन समिति : संयोजक–आनन्दप्रसाद ढुंगाना, प्रमुख, संगठन विभाग
अर्थ संकलन समिति : संयोजक– डा. रामशरण महत, केन्द्रीय सदस्य
भोजन–आवास व्यवस्थापन समिति : संयोजक– बलबहादुर केसी, केन्द्रीय सदस्य
विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति : संयोजक– सुजाता कोइराला, प्रमुख, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
प्रचारप्रसार समिति : संयोजक– डा. मीनेन्द्र रिजाल, प्रमुख, प्रचार विभाग
मञ्च व्यवस्थापन समिति : संयोजक– नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य
स्वास्थ्य समिति : संयोजक– डा. शशांक कोइराला, प्रमुख, स्वास्थ्य विभाग
सांस्कृतिक समिति : संयोजक– मीना सुब्बा, प्रमुख, सांस्कृतिक विभाग
स्वयंसेवक व्यवस्थापन समिति : संयोजक– नारायण कोइराला, आमन्त्रित केन्द्रीय सदस्य
निर्वाचन समिति : संयोजक– राधेश्याम अधिकारी

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज