विकल्पविना ओली सरकार ढल्दैन: नारायणकाजी वनमन्त्री भन्छन-सरकार ढाल्ने खेलमा एमाओवादी लाग्दैन

२०७२ पुष ११ गते १३:३४ मा प्रकाशित
Narayan-Kaji-Shrestha११ पुस, काठमाडौं । एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भरपर्दो विकल्प नभएसम्म अहिलेको सरकार नढल्ने बताएका छन् ।
विराटनगरस्थित एमाओवादीको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै श्रेष्ठले सरकार ढाल्ने पक्षमा एमाओवादी नरहेको भन्दै अहिलेको सरकारको कामप्रति भने असन्तुष्टि रहेको बताए ।
सरकारका लागि सरकार नभई जनताका लागि सरकार बन्नुपर्ने उनले बताए । वर्तमान सरकारको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै उनले सरकारको यस्तै रबैया जारी रहे सरकार ढाल्न १०० दिन पनि कुर्न नसक्ने बताए ।
मधेस आन्दोलन चाँडै हल हुने भन्दै श्रेष्ठले तराई आन्दोलनमा भारत गलतरुपमा प्रवेश गरेको बताए । यो आन्दोलन मधेसी मोर्चाका नेताको महत्वकांक्षाका कारण आन्दोलन लम्बिएको बताए ।
यसैवीच वनमन्त्रीसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाले एमाओवादीले सरकार नढाल्ने बताएका छन् ।
चितवनमा हात्ती महोत्सवको उदघाटन गर्न पुगेका मन्त्री सापकोटाले आफ्नो पार्टीको सरकार ढलाउने कुनै रणनीति नभएको बताए ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज