लिम्बुवानको चक्काजाम फिर्ता

२०७२ मंसिर २८ गते १४:२८ मा प्रकाशित
 4  6 
  0
२८ मंसिर, धनकुटा । लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम आज बिहानदेखि फिर्ता लिएको छ ।
सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो ।
नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिई आन्दोलनलाई परिमार्जन गरिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताए । बन्द फिर्ता भएसँगै सवारी सञ्चालन हुन थालेको छ । रासस

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी