यी हुन् पुनर्निर्माण प्राधिकरणका सम्भावित सीइओ


२०७२ पुष ३ गते १५:३० मा प्रकाशित
 
Prem Dangal, Dinesh Chandra and Bharatraj Pahari
  • भरत पहारी, दिनेशचन्द्र देवकोटा र प्रेम दंगाल (दायाँबाट क्रमशः)
३ पुस, काठमाडौं । सम्वभतः आगामी एक हप्ताभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत पाउनेछ । पुनर्निर्माण प्राधिकरण विधेयक संसदबाट पारित भएकाले प्राधिकरणलाई पूर्णता दिन सरकारले चाँडै नै सीइओ नियुक्ति गर्ने तयारी थालेको छ ।
प्राधिकरणमा कार्यकारी प्रमुख नहुँदा भूकम्पपछिको पुननिर्माणमा अवरोध उत्पन्न भएको थियो । अहिलेसम्म पुनर्निर्माणका लागि एक रुपैयाँ पनि खर्च हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारको नेतृत्व एमालेले गरेको हुनाले एमालेकै मान्छे प्राधिकरणको सीइओ हुने लगभग निश्चित छ ।
को-को छन् लाइनमा ?
एमाले स्रोतहरुका अनुसार सीइओ बन्न पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्वडीन प्रा. डा. भरत पहारी, योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र योजना आयोगका सदस्य प्रेम दंगाल लाइनमा छन् ।
त्यसैगरी राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक गोविन्दबहादुर थापा पनि इच्छुक देखिएका छन् ।
डा. पहारी र दंगाल पहिलेदेखि नै प्रधानमन्त्री केपी ओली निकटका हुन् । देवकोटालाई भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।
त्यस्तै डेपुटी गभर्नर अधिकारी यही पुस १० गतेदेखि अवकाश पाउँदैछन् । उनी योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाका विश्वासपात्र हुन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज