त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने

त्रिविको उच्च शिक्षा अनलाइनबाटै लिन सकिने

२०७२ पुष १२ गते ६:४२ मा प्रकाशित
TU-Kirtipur
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित क्याम्पस धाउनुपर्ने परम्परा अन्त्य गर्दै अनलाइनबाट उच्च शिक्षा आर्जन गर्न सकिने व्यवस्था गर्ने भएको छ । विदेशी विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्ययन गराउँदै आए पनि त्रिविका लागि यो नौलो हो ।
त्रिविको खुला तथा दूर शिक्षा केन्द्रले यसै शैक्षिक सत्रदेखि कम्प्युटर तथा ग्याजेट प्रयोग गरी उच्च शिक्षा आर्जन गर्न पाउने व्यवस्था सुरुू गर्ने भएपछि कामकाजी र नियमित रुपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई निकै सहज हुनेछ । त्रिविले यसैलाई लक्षित गरेर एन्ड्रोइड एप्स पनि बनाउने भएको गोरखापत्रमा खबर छ ।
केन्द्रका निर्देशक प्राध्यापक डाक्टर लेखनाथ शर्माले इन्टरनेट पहुँच भएका उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी अब क्याम्पस गइरहनु नपर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी