प्रधानमन्त्रीको कामभन्दा कुरा बढी : माधव नेपाल (भिडियोसहित) सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन सुझाव

२०७२ पुष १६ गते १३:३० मा प्रकाशित
Madhav-Nepal
  • फाइल तस्वीर
१६ पुस, काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कामभन्दा कुरा बढी गरेर हिँडेको आरोप लगाएका छन् ।
बिहीवार कोटेश्वरस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको साक्षात्कारमा एमाले नेता नेपालले आमजनता कालोबजारी र महङ्गीको मार सहन बाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको बताए । उनले जनतालाई आश्वासनभन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
‘कालोबजारीका साथसाथै मूल्यवृद्धि र सामानको अभाव यी सबै कुराहरुको सन्दर्भमा सरकारले केही काम त गरेको छ । तर त्यो केहि कामले पुगेन,’ नेता नेपालले भने, ‘जनतालाई अब धेरै आश्वासन होइन ठोस काम चाहिएको छ, ठोस परिणाम चाहिएको छ ।’
भिडियो हेर्नुहोस्
एमाले नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सहमतिको वातावरण बनाउन क्रियाशील नभएको आरोपसमेत लगाए । उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनका लागि पहल गर्नुपर्ने बताए ।
मधेसवादी दलको आन्दोलनका कारण मधेसकै जनताले नै सबैभन्दा बढी कष्ट सहनुपरेको भन्दै उनले तत्काल आन्दोलनको स्वरुप परिवर्तन गर्न र प्रदेशको सीमांकनका विषयमा लचकता अपनाउन सुझाव दिए ।
उहाँले सीमांकनको विषय राजनीतिक समिति गठन गरेर टुंगो लगाउनु सबैभन्दा बढी उपयुक्त हुने र समितिमा सहमति जुट्न नसके सीमांकनलाई थाँती राखेर संविधानको कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज