कांग्रेस उपसभापति पौडेल भन्छन्, 'प्रधानमन्त्रीले दुईसिटे पार्टीका सांसद्लाई मन्त्री बनाए'


prin


नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनता भरपर्दो छानोको अभावमा ज्यान गुमाउन बाध्य बनिरहेको अवस्थामा मन्त्रालय फुटाइ एक दुईसिटे पार्टीका सांसद्लाई  मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो सरकार आफैं ढाल्ने आधार बनाएको बताएका छन्।
 
कांग्रेस उपसभापति पौडेलले लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको शुक्रबार पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय भेलामा प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप सरकार गिराउन सहयोग गर्ने खालका भएको बताए। उनले भूकम्प प्रभावित जनतालाई छानो दिनुको साटो मुलुकलाई अर्बौं  रुपैयाँको भार पर्ने गरी मन्त्रीपरिषद् विस्तार गर्नु सरकारका लागि नै घातक भएको बताए।
 
प्रधानमन्त्री ओलीले ३० सदस्यीय मन्त्रीपरिषद्मा बिहिबार आफ्नो पार्टीका ६ राज्यमन्त्री र साना पार्टीका चार जना मन्त्री थप गरेका थिए।  
उपसभापति पौडेलले भुकम्प प्रभावित जनताको राहत र मधेश आन्दोलन सम्बोधन गर्न चासो नदिएर प्रधानमन्त्री ओलीले सरकार ढाल्न प्रमुख प्रतिपक्षीले कुनै कदम नै चाल्नु नपर्ने अवस्था निर्माण गरेको बताए। उनले सरकार आफ्नै कारण अब छिट्टै ढल्ने दाबी गरे।  उनले  प्रधानमन्त्री ओलीमाथि मन्त्रीपरिषद्को आकार बढाएर संविधानप्रति निष्ठा नदेखाएको आरोप समेत लगाए।
 
उपसभापति पौडेलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चार महिनाभन्दा लामो आन्दोलनका कारण मुलुकको सबै क्षेत्र प्रभावित भएको भन्दै मोर्चाले उठाएका मुद्दालाई सम्बोधन गरेर मुलकलाई निकास दिन अब ढिलाइ गर्न नहुने बताए। 

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज