रौतहटमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरी पनि घाइते

गौर, पुस  p 

रौतहटको गौरमा प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको हो। मृत्यु हुनेमा १७ वर्षीय शेख तबरेज रहेको प्ररहीले जनाएको छ। प्रहरीको गोली लागि अरु तीन जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै प्रर्दशनकारीको आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् । 
पेटमा गोली लागेका उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पुर्‍याइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे। मृतक साह जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए। मामा शेख ओमेससँगै उनी बिहानैदेखि मधेसी मोर्चाको आन्दोलनमा सहभागी थिए। 
सदरमुकाम गौरको बीपी चोकमा आन्दोलनकारी र  प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए। जवाफी कारबाहीमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।
मोर्चाले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको क्रममा आज जिल्ला सदरमूकामहरुमा संसद्मा भएको संविधान संशोधन विधेयकको प्रति जलाउने कार्यक्रम घोषणा गरेको छ।
गाउँगाउँबाट आन्दोलनकारी सदरमुकाम आएका छन्। केही दिनयता शान्त गौर बजार झडपको घट्नाले फेरि तनावग्रस्त बनेको छ । सीमांकन र संविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ। यसअघि हिजो शनिबार पनि गौरमा पनि झडप भएको थियो।

प्रकाशित मिति: आइतबार, पौष ५, २०७२ १५:३०:२७

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज