दीपिका-रणवीर नजिकिँदा रणवीर-क्याट्रिनाबीच खटपट ?


prin


‘तमाशा’ मा सँगै काम गरेपछि रणवीर कपुर र दीपिका पादुकोण अलि बढ्तै नजिकिएका छन् । त्यसो त, ब्रेकअपपछि तमाशा नै उनीहरुले काम गरेको पहिलो फिल्म होइन । तर, रणवीरकी प्रेमिकालाई चिढ्याउने माध्यम तमाशा नै बन्न पुग्यो ।
 
दीपिकाले कहिले मेरो अनुमतिमा मात्र रणवीरले बिहे गर्छन् भन्दा होस् या कार्यक्रममा सँगै देखिँदा होस् । दीपिकाको मनबाट रणवीर अझै हटेका छैनन् भन्ने प्रष्ट हुन्छ ।
 
ब्रेकअपपछि ‘ए जवानी है दिवानी’ र ‘तमाशा’ मा उनीहरुको केमेष्ट्री यति मिल्यो कि फ्यानहरुले समेत रणवीर र दीपिकाको पुनर्मिलन होस् भन्ने कामना गरे ।
 
तमाशासँगै यी दुई नजिकिँदा रणवीर र क्याट्रिनाबीच खटपट बढेको सुन्न थालिएको छ । ‘बलिउड पापाराजी’ हरुका अनुसार यी दुईबीच ब्रेकअपको सम्भावना बढेको छ । तर, क्याट्रिना सम्बन्धलाई टिकाउन हरसम्भव प्रयास गरिरहेको बताइन्छ ।
 
त्यसो त यी दुवै लिभ–इन टुगेदरमा बस्छन् । हाल यी दुवै अलगअलग फिल्ममा अभिनय गर्नका लागि लण्डनमा छन् । सुटिङ सकेपश्चात यिनीहरु न्युयोर्क जाने बताइएको थियो । त्यसपछि यी दुवै ‘जग्गा जासुस’ मा व्यस्त हुनेछन् । बलिउड फिल्म पण्डितहरुका अनुसार यदि यी दुवैको ब्रेकअप भएको खण्डमा जग्गा जासुस निर्देशकलाई ठूलो घाटा हुनेछ ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज