इटहरी ३ पूस /पूर्वाञ्चलमा हुने गरेका सवारी दुर्घटनाको तथ्याकं लाई हेर्नेहो भने अहिलेको अवस्था निकै कहाली लाग्दो छ । तरपनि यसलाई न्युनिकरण गर्न तर्फभने सम्बन्धित सरोकारवाला निकायहरु कुनै पनि जिम्मेवार भएको पाइदैन । सवारी धनी , चालक , यात्रु देखी सम्बन्धित निकायहरुले अ आफनो न्यूनतम जिम्मेवारी समेत पुरा नगरी दिदा अहिले यो समस्या जटिल बन्दै गएको छ । सडकमा सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु कोच्नु , सामानहरु भोवर लोड गरी कुदाउनु र मापसे गरी सवारी चलाउनु र छाला पशूचौपाय हरुका साथै यात्रिहरुले समेत जताभावि ढंगले सडक पारगर्नु सडक दुर्घटनाको मुख्य कारणहरु रहदै आएका छन । क्षमता भन्दा बढी सामग्री बोकेर सडमा सवारी चलाउदा दुर्घटनामा परिन्छ भन्ने जान्दा जान्दै पनि पैसाकै लागी सवारीका चालकहरुले क्षमता भन्दा दोब्बसम्मका भारी र यात्रुहरु बोक्ने गरेका छन । तर नियमन निकाय जसले सवारी नियमको पालना भए नभएको हेर्ने ट्राफिक प्रहरीहरु आफै त्यस्ता सवारीहरुलाई उचित कारवाहीको सट्टा दिन दाहडै मुख्य राजमार्गमानै कानुनको खिल्ली उडाउदै रु तिन सय देखी ५ सय सम्मको जरिवाना लिदै छोडिदिने गरिदै आएको छ । जसका गरेका कारण सवारी चालक देखी सवारी धनी सम्मले जरिवाना तिरेरै भएपनि भोवर लोड सामान बोक्न छाडदैनन । पूर्व क्षेत्रमा ट्राफिक प्रहरीले गरेको सवारी चेकजाच तथा कार्वाहीका कामहरु सराहनिय भए पनि भोवर लोड गरी सडकमा गुडाएका सवारी साधनहरुलाई ठोस कार्वाही गर्न नसक्दा यस्ता कार्यले अझ प्रसय पाउदै आएका छन । भोवर लोड बोक्दा दुर्घटना हुन्छ भन्ने जान्दा जान्दै पनि केही चालकहरुले पैसाको लागी त्यस्तो काम गरेको चालक स्वयम बताउछन । इटहरीको बाबा राइस मिलबाट चामल लोड गरी नेपाली बजार हुदै भारतका बिभिन्न बजारहरु सम्म पूर्याउने एक मालवाहक ट्रकका चालक बिराटनगरका महेस नेपाली सडकमा भोवर लोड गरी कुदाउदा ट्राफिक प्रहरीले एक छिन कराउने अनी ३ सय देखी ५ सय सम्म लिएर छाडिदिने बताउछन । उन्ले ट्राफिकले जरिवाना लिन्छ यस्तो भोवर लोड बोक्दिन भन्दा साउले नै बरु जरिवाना तिर्नु पर्छ बोक्न छाडनुहुदैन भन्ने गरेको बताउछन । उन्ले अहिले सम्म दुइ पटक सम्म ५ सय र १ पटक १ हजार प्रहरीलाई जरिवाना बुझाई ट्रक सहित लोड गरीएको चामलका भारी लगिसकेको बताए । यता यस विषयमा पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरीका प्रहरी प्रमुख एसपी पवन गिरीसंग सम्पर्क गर्दा उन्ले आफु आइकन सवारी साधनहरुमा कडाइ अपनाउन थालीएको बताए । त्यस्ता भोवर लोड बोक्ने सवारीहरुलाई अन द स्पोट कार्वाही सुरु गरी सकेको र अहिले सम्म १ सय बढी ओभर लोड र भमेवर लोड सवारीसाधन , चालक र सवारी धनीलाई समेत कार्वाही गरीसकेको ट्राफिक प्रमुख एसपी गिरीले दावी गरे ।
भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !
२०७२ पुष १७ गते १७:५३ मा प्रकाशित नेपालका नदीमा भारतीय बाँध डा. प्रेम दंगाल (राष्ट्रिय योजना आयोगका पूर्वसदस्य) भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले मुलुकमा मानव संकट सिर्जना गरिरहेका बेला केही समय अगाडि भारतको संसदमा नेपाली राष्ट्रियताको विरुद्धमा एउटा ज्यादै खतरनाक प्रस्ताव पेश भयो । त्यो प्रस्ताव हो-नेपालको तराइको भूभागमा बाँध बनाएर डुबाइदिने । यस्तो प्रस्ताव भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका एक सांसदले राखेका थिए । नेपालका विभिन्न भाग हुँदै भारतको विहार र उत्तर प्रदेशतर्फ बग्ने सबै नदीमा बाँध बनाएर नेपालको तराइको भूभाग डुवाइदिन भारत सरकारलाई ती सांसदले आग्रह गरे । भारतको तल्लो सदन लोकसभामा बोल्दै भाजपाका सांसद भोला सिंहले यो प्रस्ताव गरेका हुन् । उनले यो कुरा संसदमा बोलेमात्र । तर, भारतका तर्फबाट नेपालको पूर्वदेखि पश्चिम तराईलाई जलमग्न गराई डुबाउने हर्कत विगतदेखि हुँदै आएको छ, हाल पनि यो कायम नै छ । यहाँ भारतकातर्फबाट कहाँ र कसरी नेपालको भूभाग डुबाउने काम भैरहेको छ भन्ने सन्दर्भमा चर्चा गर्ने प्रयास गरिएको छ । भारतीय संसदमा नेपाल विरुद...
Comments
Post a Comment