प्रधानमन्त्रीको तर्क : म ठीक छु, पत्रकारहरु खराब ! 'फेसबुक र ट्वीटर हेरेर सरकार चलाउँदिन'


२०७२ पुष १४ गते १३:२६ मा प्रकाशित
 
KP OLI (1)
१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गरेकोमा सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका छन् ।
आफू प्रधानमन्त्री बन्दा तराईमा आन्दोलन भइरहेको, नाकाबन्दी रहेको र आपूर्ति व्यवस्था निकै कठिन अवस्थामा पुगेको तीन हप्ता भइसकेको थियो भन्दै प्रधानमन्त्री ओलीले भने-त्यसलाई मैले सामान्यीकरण गर्न प्रयास गरेको छ र सामान्यीकरणको दिशामा जाँदैपनि छ । केही समयभित्र पूर्ण रुपमा सामान्य अवस्थामा ल्याउने मेरो अठोट छ । म त्यो काम गर्छु ।’
आफ्नो आलोचना भएकोमा आक्रोस पोख्दै उनले भने-यस्तो लाग्छ मैले कार्ड पठाएर आपूर्ति व्यवस्थामा व्यवधान आमन्त्रण गरेको हुँ कि ? जस्तो गरेर काफी चर्चाहरु देख्छु म । भूँइचालो पनि मैले नै बोलाइलिदएको थियो कि जस्तो गर्न थालेका छन् ।’
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् जम्बो बनाएकामा भएको आलोचनाको पनि प्रतिपाद गरे । कांग्रेसतर्फ लक्षित गर्दै उनले भने-‘२०५ जना सांसद हुँदा पनि ४९ जना बनाउने साथीहरु नै संसदमा अहिले ठूलो संख्या भो भनेर आवाज उठाइरहनुभएको छ ।’
आफूले कुनै म एश्क्युज नखोज्ने र कलम ठूलो कि तरबार ठूलो भने जस्तो गरेर तर्क वितर्क नगर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, देशको उन्नतीले कुन सिँढी पार गरयो यसमा मात्र सरोकार छ ।
प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यम सहमतिको वातावरण विगार्न लागेको बताए । स्वतन्त्र प्रेस देश, संविधान विरुद्ध र सामाजिक सद्भाव भड्काउन नभएको उनले बताए । संविधान कार्यान्वयन तनावयुक्त ढंगले होइन, सहमतिले जाउँ भन्नका सरकारले हिंसा, हत्या, अराजक गतिविधि समेतलाई सम्वादकै माध्यमबाट समाधन गर्ने प्रयास गरिरहेको उनले बताए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकबारे आएको समाचारहरुप्रति आपत्ति जनाए । ‘सञ्चार माध्यममा आज हेर्छु, यस्तो बोल्यो, यस्तो बोल्यो अनौठो कुरा त्यहाँ हुँदै नभएका कुरा सञ्चार माध्यमहरुमा आएका छन्’ उनले भने, ६/७ जना थोरै मान्छे बसेका छौं । जस्ता सुकै कुरा भएपनि एउटा सन्दर्भमा देशका हितमा गरिने कुरा हुन् । सार्वजनिक खपतको कुरा हुँदैन ।’
आफूले एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्नुपर्छ भन्दा केही व्यक्तिहरु यो त असफल पार्नैपर्छ भनेर लागेको उनले बताए ।
वातावरण विगार्न खोजिएको भन्दै उनले भने, वेठिक नियतले काम गर्ने पनि सीमा हुन्छ, हद हुन्छ । त्यो बदनीयतको हद पार गरेको देखिन्छ ।’ दन्तबझान गरेर, कुरा ठूला गरेर देशलाई गरिव नै राख्ने, समस्या ग्रस्त नै राख्ने कुरा उचित नहुने उानले बताए ।
प्रधानमन्त्री ओलीले आफूले फेसबुक र ट्वीट हेरेर सरकार नचलाउने बताए । ‘फेसबुक हेरर, कसले के ट्वीट गरेको छ भन्ने हेरर न म राजनीति गर्छु, न सरकार चलाउँछु,’ उनले भने, ‘देश हेरेर चलाउने हो । देशको अवश्यकता हेरेर चलाउने हो । लाइक डिस्लाइकले मलाई गाइड गर्न सक्दैन ।’
राज्य तानाशाही भए र शान्तिपूर्ण ढंगले आफ्ना कुरा राख्न नपाएको अवस्थामा जनताले संगठित रुपमा प्रतिवाद गर्न सक्ने र त्यसलाई क्रान्ति भनिने भन्दै प्रधानमन्त्रीले भने, संविधान छ । शान्तिपूर्ण ढंगले जनताका बीचमा जान पाइन्छ । लोकतान्त्रिक प्रणाली छ र कानूनी हिसावले जान पाइन्छ भने त्यहाँ हिंसा छनोटको विषय गैरकानूनी हुन्छ ।’
मान्छेहरुले मनको धित मार्न यो सरकार ढल्छ भनेको भन्दै उनले केही मान्छेको मन शितल हुनु राम्रै भएको बताए । उनले अघि भने, सबैले बुझ्ने गरी भन्नुपर्छ, यो सरकारले सुशासन कायम गर्छ । शान्ति सुरक्षा कायम गर्छ । कानूनको राज्य कायम गर्छ । अराजकता जस्ता कुरालाई नियन्त्रण गर्छ ।’

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज