जनतालाई राहत दिन सरकार असफल : राप्रपा चन्दले पार्टी अध्यक्षता ग्रहण गर्ने कार्यक्रममा राणा अनुपस्थित

२०७२ पुष १६ गते १४:१८ मा प्रकाशित
Lokendra Bahadur Chand
१६ पुस, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई राहत दिन सरकार असफल भएको आरोप लगाएको छ । भूकम्प, नाकाबन्दी र कालोबजारीका कारण नेपाली जनताहरु आक्रान्त भए पनि समस्या समाधान गर्न सरकार असफल भएको राप्रपाको ठहर छ ।
आलोपालो प्रणालीअनुसार बिहीबार पार्टीको अध्यक्ष पद सम्हालेका राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै नाकाबन्दी खुलाउन र जनजीबन सहज बनाउन सरकारलाई सुझाव दिए । उनले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री दिपक बोहोरालाई जनहितको पक्षमा काम गर्न निर्देशन दिएको जानकारी दिए । सरकारमा बोहोराले श्रम र आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सरकारमा बोहोराको सहभागीताबारे राप्रपामा विवाद छ । तर, अध्यक्ष चन्दले त्यो विवाद सामान्य मात्र भएको बताए ।
‘सरकारमा सहभागी भएको विषयमा ठूलो विवाद छैन, यो सामान्य हो,’ चन्दले भने, ‘पार्टी व्यक्तिबाट भन्दा पनि नीतिअनुसार चल्छ ।’ चन्दले औपचारिकरुपमा पार्टीको नेतृत्व लिने कार्यक्रममा पूर्वअध्यक्ष पशुपति समशेर राणा भने सहभागी थिएनन् । तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाले राणालाई अध्यक्ष बनाएपछि चन्दले असन्तुष्टि जनाउँदै समानान्तररुपमा पार्टी सञ्चालन गरेका थिए । तर, यही पुस ११, १२ र १३ गते बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले चन्दलाई सर्बसम्मत पार्टी अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
पार्टीको नेतृत्व आलोपालो गर्ने निर्णयअनुसार चन्दपछि पुनः पशुपति समशेर राणाले र त्यसपछि डा. प्रकाशचन्द्र लोहनीले गर्ने चन्दले जानकारी दिए ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज