प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

२०७२ पुष ८ गते ६:५३ मा प्रकाशित
Bisadhi८ पुस, काठमाडौं । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको कारोबारदैनिकमा खबर छ ।
कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ । निर्देशनालयले अहिलेसम्म १५४२ विषादी दर्ता गरेको छ । दर्ताबाहेकका विषादी प्रयोग गर्न पाइँदैन ।
हेर्नुहोस प्रतिबन्धित विषादी सूची
१ क्लोरोडेन
२ डीडीटी
३ डाइअल्ड्रिन
४ इन्डिन
५ अल्ड्रिन
६ हेप्टाक्लोर
७ मिरेक्स
८ इन्डोसल्फान
९ टोक्साफेन
१० बीएचसी
११ लिन्डेन
१२ फस्मामिड
१३ मिथायल माराथायन
१४ अर्गेनोमर्करी क्लोराइड
१५ मोनोक्रोटोफस
१६ फोरेट

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी