क्रियाशील सदस्यता एकलौटी बाँडेको भन्दै कांग्रेस नेता आमरण अनसनमा

, पुस १३ prin

काँग्रेस सोलुखुम्बुमा पार्टीको क्रियाशील सदस्यता एकलौटी वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले दोस्रो दिन पनि रिले अनशन जारी राखेका छन्। 
 
सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिले निर्णय गरेर पठाएको परिपत्रलाई उलङ्घन गरी एकपक्षीय ढङ्गले वितरण गरेको भन्दै अनशन बसेका हुन्। 
केन्द्रीय सदस्य केसीले जिल्लाका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, गाविसका सभापतिलाई नसोधी कोठामा बसेर क्रियाशील सदस्य वितरण गरेको आरोप लगाए। 
 
उनले पार्टीको केन्द्रीय सदस्यलाई समेत क्रियाशील सदस्यता नदिएको भन्दै मंगलबारदेखि आमरण अनशन बस्ने बताए।
 
अनशनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला सङ्घ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनशनमा बसेका छन्। 
 
सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा एक हजार ७९१ क्रियाशील सदस्य रहेकामा अहिले शतप्रतिशत थप गरिएको थियो। 

यसैगरी काँग्रेस डोल्पा सभापति टङ्कप्रसाद उपाध्याय चार दिनदेखि आमरण अनसन बसेका छन्। रासस

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज