गगन थापा नेतृत्वको ‘मिलेर बनाऔं विद्यालय अभियान’ दोश्रो चरणमा




नेपाली कांग्रेसका नेता तथा संसद गगन कुमार थापा नेतृत्वमा ‘सहयोगी हात अभियान’ अन्तर्गत सुरु भएको विद्यालय निर्माण कार्यक्रमले दोश्रो चरण सुरु गरेको छ l
जर्मन-नेपाल फ्रेन्डशिप असोसिएशन र किन्डरहिल्फे नेपालको तर्फबाट ४० हजार युरो सहयोग र ग्लोबल सेपर्स काठमाडौंको गणेश उच्च मावि बुढानिलकण्ठमा ‘नमुना विद्यालय भवन’ निर्माणद्वारा दोश्रो चरणको कार्यक्रम थाल्ने ‘सहयोगी हातहरु’ अभियानले जनाएको छ l
भूकम्प पश्चात भत्केका विद्यालय निर्माण गर्ने उदेश्यले विभिन्न ब्यक्तिव्त तथा संस्थाहरुको सहयोगमा थापाको नेतृत्वमा उक्त कार्यक्रम शुरु भएको हो l गत वैशाखमा गएको भूकम्पबाट ८ हजार विद्यालय र ४० हजार भन्दा बढी कक्षाकोठा क्षतिग्रस्त भएका थिएl
‘पुनर्निर्माण प्राधिकारण गठन हुन यति धेरै समयl अझै काम सुरु गरेको छैनl तर यस्तो आयोग नबनेमा वा वैदेशिक सहायताका शर्त पुरा नगरेमा हामी केही गर्न सक्दैनौं त?’ विद्यालय भवन निर्माणको दोश्रो चरण शुरु गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीले सरकारको मुख मात्र ताकेर बस्नु उपयुक्त नहुने ठान्यौंl’
गत जेष्ठ १० गते शुरु भएको विद्यालय भवन निर्माण कार्यक्रम अन्तर्गत उक्त अभियानले २१ वटा शिक्षण संस्थामा प्रि-फ्यावका स्थायी प्रकृतिका भवनहरु निर्माण गरेको छ भने ११३ वटा विद्यालयमा विभिन्न किसिमका अस्थाइ सिकाइ केन्द्र निर्माण कार्यको साझेदारी गरेको छl
यस अभियानको नेतृत्वमा १७ जिल्लाका जम्मा २१५ विद्यालय निर्माणमा विभिन्न प्राकृतिको योगदान सम्भव भएको थापाले बताएl
‘यो कुनै गैर-सरकारी संथा होइन l यसको कुनै सरकारी निकायमा दर्ता छैन l अभियान क्षतिग्रस्त विद्यालय र सहयोगी हातका विच पुल हो र कुनै पनि आर्थिक श्रोत-साधनको परिचालनमा संग्लग्न छैन,’ उनले भने l 
विद्यालय भवन निर्माण कार्यमा संग्लग्नलाई पूर्व राष्ट्रपति रामवरण यादवले प्रमाणपत्र दिएर सम्मानित गरेका थिए l 

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज