अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

२०७२ पुष १६ गते ११:४९ मा प्रकाशित
Costa-Rica
१६ पुस, काठमाडौं । कोस्टारिकामा बुधबार २६ जना नेपालीहरु अवैध आप्रवासनको आरोपमा पक्राउ परेका छन् । सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा सबैभन्दा बढी नेपालीहरु परेका हुन् ।
पक्राउ पर्ने अन्यमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु कसैसित पनि यात्राका लागि वैध कागजात नरहेको अधिकारीहरुको भनाइ छ ।
आप्रवासीहरुलाई ओसारपसार गराउने काममा संलग्न कोस्टारिकाका तीन नागरिक पनि मानव बेचविखनको आरोपमा पक्राउ गरिएको छ । सबै आप्रवासीहरुलाई त्यहाँबाट अमेरिका पुर्‍याउने प्रयास भइरहेको अधिकारीहरु बताउछन् । यसै महिना, गत ७ डिसेम्बरमा कोस्टारिकाका अधिकारीहरुले १७ जना नेपाली र बंगलादेशीलाई पक्राउ गरेर थुनेका थिए ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज