राजधानीमै एक डाक्टरले जाँच गर्नुपर्ने बिरामी पाँच सय !

२०७२ मंसिर २९ गते ७:०९ मा प्रकाशित
    
  
Doctor
२९ मंसिर, काठमाडौ. । २०१५ सालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भनी तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका स्वास्थ्यमन्त्री पदमा सुवर्णशमशेर राणाले कुल बजेटको ४० प्रतिशत शिक्षामा र ३० प्रतिशत स्वास्थ्यमा छुट्याएर बाँकीलाई अन्य क्षेत्रमा छुट्याउने व्यवस्था गरेका थिए ।
तर पछिल्ला सरकारले स्वास्थ्यमा कुल बजेटको पाँच प्रतिशतभन्दा कम रकम छुट्याएका छन् । सरकारको अदूरदर्शी सोचकै कारणले स्वास्थ्य सेवा पिछडिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताएको नेपाल समाचारपत्रमा खबर छ ।
राजधानीमै एक डाक्टरले दैनिक पाँच सय बिरामीको जाँच गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरुलेब ताएका छन् । रोगको संक्रमणले आएका बिरामीको रोगको परीक्षण गर्ने कुरा परैको भन्दै स्वास्थ्य कर्मीहरुले बिरामीहरुको अवस्था बुझ्न पनि गाह्रो हुने बताएका छन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज