'सय दिनपुगेपछि एमाओवादीले ओली सरकार ढाल्ने'एमाले नेताद्वारा ओलीको आलोचना

सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले गठनको एक सय दिन पुगेपछि सरकार ढाल्ने बताएका छन्।

रिपोर्टस क्लबले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा एमाओवादी नेता किराँतीले महङ्गी, कालोबजारी र तस्करी नियन्त्रण गर्न तथा मधेश आन्दोलन सम्बोधन गर्न असफल भएकाले सय दिन पुगेपछि आफ्नो पार्टीले सरकार ढाल्ने बताए। उनले पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने आवाज उठेको तर अध्यक्ष पुष्पकमल दाहालले हनिमुन अवधि पूरा भएपछि सोचौंला भन्ने जवाफ दिएको पनि बताए।
एमाओवादी नेता किराँतीले प्रधानमन्त्री ओलीका गतिविधि मुलुकलाई नै लज्जित बनाउने खालका भएकाले सय दिन पुगेपछि एमाओवादी सरकार गिराउने काममा लाग्ने बताए।
साक्षात्कारमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले भुकम्प प्रभावित जनताले झेल्नुपरेको पीडा र अभावका नाममा मौलाएको कालोबजारीका कारण आम जनताले भोग्नुपरेको सास्तीप्रति प्रधानमन्त्री  ओली संवेदनहिन बनेको आरोप लगाए। उनले प्रधानमन्त्री ओली जनताको पीडामा मलम लगाउनतिर भन्दा आफन्तलाई विज्ञका नाममा जागिर खुवाउनतिर व्यस्त भएको बताए।
साक्षात्कारमा प्रमुख सत्तारुढ नेकपा एमाले नेता डा. वंशिधर मिश्रले प्रधानमन्त्री ओलीले प्रदेशको सीमाङ्कन एक इन्च पनि हेरफेर हुँदैन भनेर अभिव्यक्ति दिन बन्द गर्नपर्ने बताए। उनले प्रधानमन्त्रीका अभिव्यक्तिका कारण पनि मधेश आन्दोलन चर्किएको भन्दै आन्दोलन सम्बोधनका लागि अहिलेको ७ प्रदेशलाई स्थगन गरी सीमांकनबारे नयाँ ढंगले छलफल गर्नपर्ने बताए।
एमाले नेता मिश्रले हचुवाका भरमा सीमाङ्कन गरिएका कारण मधेशमा असन्तुष्टि चुलिएको बताए।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज