मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके बौद्दबाट पक्राउ

डकैतीमा समेत सम्लग्न
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके ज्ञानु दोङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।
 
उनलाई बौद्धबाट लुकेर बसेको अवस्थामा पक्राउ गरेको ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। ललितपुरका धापाखेलमा झरुवारासीका श्रवण कुमार खड्कालाई गोली हानी हत्या गरे यता उनी फरार थिए। खडकाले ठमेलमा ब्यापार गर्दथे ।
 
त्यसपछि बौद्धमा बसेर अापराधिक कृयाकलाप गरिरहेका उनी परेका हुन्। बिस २०६८  कात्तिक २२ गते साँझ खड्कालाई गोली हान्नेमध्येका मुख्य नाइके दोङ रहेको डिएसपी दयानिधि ज्ञवालीले बताए । घटनामा सम्लग्न  काभ्रे नारायणस्थानका रोमत लामा, दिलबहादुर स्याङतान, आकाश तामाङ र  खड्गबहादुर तामाङलाई ललितपुर प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
 
त्यसताका उनीहरुको साथबाट ४ वटा पेस्तोलसमेत बरामद भएको थियो। उनीहरुलाई जिल्ला अदालत ललितपुरको १० वर्षको सजाय समेत सुनाइसकेको छ। उनीहरु उपत्यकाका विभिन्न स्थानमा डकैतीमा समेत सम्लग्न भएको डिएसपी ज्ञवालीले बताए ।
 
ललितपुरलाई कार्यक्षेत्र बनाएर आपराधिक कृयाकलापमा सम्लग्न उनी खड्काको हत्यापछि फरार भएका थिए।
 

प्रकाशित मिति: सोमबार, मंसिर २८, २०७२ १५:३४:५४

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज