साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक, उद्धारमा दूतावासले पहल गरेन

२०७२ पुष ९ गते ६:५२ मा प्रकाशित
९ पुस, साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।
आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि पहल नभएको बताएको नागरिकमा खबर छ ।
पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरे पनि दूतावासले सुनुवाइ नगरेको बताए । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा तीन कामदार एक वर्षदेखि बन्दी जीवन विताउन बाध्य भएका हुन् ।

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी