सुन तोलामा तीनसय रुपैयाँले सस्तियो

२०७२ पुष १६ गते ११:५३ मा प्रकाशित
 
Gold Silver market  Newroad Kathmandu (5)१६ पुस, काठमाडौं । सन् २०१५ को अन्तिम दिन बिहीबार सुनको मूल्य तोलामा तीनसय रुपैयाँले सस्तिएको छ ।
छापावाल सुन आज प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार भने सुन प्रतितोला ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन १ सय रुपैयाँले महंगिएको थियो । त्यसअघि केहीदिन सुनको मूल्य स्थिर थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बिहीबार तेजावी सुनको मूल्य भने ४७ हजार ७ सय ५० रुपैयाँ तय भएको छ ।
चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Comments

Popular posts from this blog

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ