कांग्रेस क्रियाशील सदस्यता विवाद, अन्तिम निर्णय लिने जिम्मा छानबिन समितिलाई


२०७२ पुष ६ गते ७:१५ मा प्रकाशित
 
६ पुस, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतामाथि उठेका विचार र सुझावलाई समेटी अन्तिम निर्णय गर्ने जिम्मा छानबिन समितिलाई नै दिएको छ । नयाँपत्रिका दैनिकका अनुसार आइतबार बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता विवादमा आएका सुझाव समेटी तीन दिनभित्र अन्तिम निर्णय गरी पार्टी सभापतिलाई बुझाउने जिम्मा दिएको हो ।
Congress-Flagक्रियाशील सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यलले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमाथि सदस्यहरुले सुझाव दिएपछि बैठकले यस्तो निर्णय गरेको हो ।
‘क्रियाशील सदस्यता छानविन समितिले प्रस्तु्त गरेको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल टुंगियो,’ बैठकपछि केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबारे केन्द्रीय समितिमा उठेका बिचार र सुझावलाई समेत दृष्टिगत गरी केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले नै तीन दिनभित्र अन्तिम निर्णय गरी सभापतिलाई बुझाउने र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउने छ ।’

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज