नाकाबन्दी र हडतालको प्रभावले नेपाल ‘दक्षिण एसियाकै गरिब’


२०७२ मंसिर २९ गते ६:५६ मा प्रकाशित
२९ मंसिर, काठमाडौं । भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई मधेस बन्दले गरिबी दर तीब्र रुपले बढिरहेकेा जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औल्याएका छन् ।
poor nepalभूकम्पको लान्डबबाट तंगि्रन नपाउँदै सुरु भएको तराई-मधेस हडेताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको नागरिकदैनिकमा खबर छ ।
विश्व बैंको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक थियो । बंगलादेश र भारतलाई उछिनेर देशले गरिबीमा निराशाजनक स्थिति सामना गर्नुपर्ने अवस्था आएको अर्थविदहरुको भनाई छ ।
नाकाबन्दी र तराई मधेस हड्तालका कारण दुई हजार दुई सय उद्योग बन्द छन् भने दुई लाख २० हजार नागरिक बेरोजगार भएका छन् । त्यस्तै नेपालीमा २० लाख नेपाली थप गरिब भएका छन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज