सरकार ढाल्न एमाले भित्र चलखेल : सिटौला सीमांकन परिवर्तन गर्न जिल्लावासीको सुझाव लिनुपर्ने धारणा

२०७२ पुष १४ गते १४:४३ मा प्रकाशित
 

१४ पुस, भैरहवा । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार ढाल्न एमाले भित्र चलखेल सुरु भएको दाबी गरेका छन् ।
Krishna-Sitaulaनेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले कुनै व्यक्ति विशेषको नाम त लिएनन् तर, एमालेकै नेताहरु सरकारको काम कारवाहीप्रति असन्तुष्ट भएर ओलीको विकल्प खोज्न थालेको बताए ।
उनले नेपाली कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको जिकीर गरे ।
तीखा भाषण गरेर मात्र केही नहुने भन्दै भूकम्पपीडितको पक्षमा काम गर्न उनले सरकारलाई सुझावसमेत दिए । ‘भूकम्प पीडितका लागि बस्ने ठाउँ छैन, खाना छैन, लगाउने कपडा छैन, त्यसैले धेरै प्राविधिक कुरा गरेर, धेरै बोलेर हुँदैन, तिखा-तिखा भाषण गरेर केही हुने वाला छैन,’ प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सिटौलाले भने, ‘अहिलेको मुख्य आवश्यकता भने भूकम्प पीडितको ज्यान बचाउनु हो ।’
सिटौलाले संसदबाट पुनर्निर्माण प्राधिकरण सहजरुपमा पारित भएपनि प्राधिकरण र सरकारका अंगहरु क्रियाशिल हुन नसकेको टिप्पणी गरे । महामन्त्री सिटौलाले संविधान कार्यान्वनका लागि राजिनितिक रुपमा राष्ट्रिय एकता हुनुपर्ने बताए । उनले प्रदेशको सिमांकन परिवर्तन गर्न सम्बन्धित जिल्लावासीको सुझाव लिनुपर्ने धारणा राखे ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज