सरकार कांग्रेसको प्राथमिकतामा छैन : महामन्त्री सिंह

२०७२ पुष १६ गते ११:०१ मा प्रकाशित
 
१६ पुस, चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले राष्ट्रियता रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रियताको सवालमा कसैसँग सम्झौता गर्न नहुने उनले बताए ।
Prakashman-Singराष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विहीबार चितवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सिंहले भने, ‘राष्ट्रियताको बिषयमा कोहि कसैसित कुनै सम्झौता नगरौं । राष्ट्रियता र लोकतन्त्रको पक्षमा सबै एक भएर अघि बढ्नुपर्छ ।’
‘कांग्रेसलाई सत्तासँग नजोड्नुस्’
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले कांग्रेसलाई सत्तासँग नजोड्न आग्रह पनि गरे । अहिले कांग्रेस सरकारमा जाने चलेखेलमा लागेको भनेर हल्ला फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे ।
‘कांग्रेस सत्ताको खेलमा लागेको छैन,’ सिंहले भने, ‘अहिले जनताले पाएको दुःखलाई समाधान गर्ने र राष्ट्रियताको रक्षा गर्ने कांग्रेसको प्राथमिकता हो ।’ देशमा इन्धन आपूर्तिको व्यवस्था असहज हुँदा जनताले निकै कष्ट भोग्नुपरेको र कालोबजारी मौलाएको भन्दै उनले त्यसलाई रोक्न सरकार पूर्णरुपमा असफल रहेको सिंहले आरोप लगाए ।
मधेस केन्द्रित दलको माग पूरा गर्न तयार
हाल मधेस केन्द्रित दलहरुले उठाएका जायज माग पूरा गर्न आफूहरु तयार रहेको पनि उनले बताए । तराई-मधेसका जनताले उठाएका अधिकार प्राप्तिको मुद्दा कुनै दल बिशेषको मात्र नभै समग्र राष्ट्रको हो भन्दै उनले जायज मागहरु पूरा हुने चरणमा रहेको जानकारी गराए । निश्चित समयसीमा भित्र सिमाङ्कन लगायतका माग पूरा गर्ने गरी आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग सहमति हुनलागेको उनले बताए ।
मेलमिलाप दिवसको अबसरमा विहीबारै महामन्त्री सिंहले नेबि संघ चितवनको आयोजनामा भतपुर अस्पतालका बिरामिहरुलाई फलफूल वितरण गरेका छन् ।
नेपाली कांग्रेस चितवनले पार्टी कार्यालयमा निर्माण गरेको बीपी र गणेशमान सिंहको अर्धकदको शालिक अनावरण गर्न कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज