बाटोमा सुतेका मजदुरलाई ट्याक्टरले किच्यो

२०७२ पुष १६ गते १५:१८ मा प्रकाशित
 
१६ पुस, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाविसस्थित दिदिमा भन्ने स्थानमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ ।
Taplejungदोभान-लिङतेप सडकखण्ड अन्तर्गत सन्थाक्रा गाविस १ मा बाटोमा सुतिरहेका ईलाम गोर्खे गाविस पर्मेजुङ घर भई सोही गाउँमा दैनिक ज्यालादारी काम गर्ने अन्दाजी ३० वर्षीय सन्तोष थापालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
बाटोमा पराल ओछ्याई सुतिरहेका थापालाई मंगलबार राति १० बजेतिर दोभानबाट लिङ्तेपतर्फ जादै गरेको मे. १ त ३८०१ नम्बरको ट्याक्टरको पछाडिको चक्काले किचेको थियो ।
घटनाबारे प्रहरीलाई ढिला गरी जानकारी प्राप्त भएकाले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई बुधबार साँझबाट मात्र अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज