१६ बर्षीय नेपाली किशोरले जिते क्यानडामा म्युजिक अवार्ड

१६ बर्षीय नेपाली किशोरले जिते क्यानडामा म्युजिक अवार्ड


print9


क्यानाडाको क्यालगरी सहरमा आयोजित फिडब्याक फ्राइडे भोल्यूम-२  नामको संगीत  प्रतिस्पर्धामा नेपाली मुलका   अभि बस्ताकोटी २२ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट  दुईमा परेका छन्। सांगीतिक क्षेत्रमा लागेका स्थापित व्यक्तिहरूले भाग लिने उक्त प्रतिस्पर्धामा  नेपालको  आँप पिपल स्थायी घर भइ   क्यानाडाको क्यालगरी बस्ने बस्ताकोटीले  उक्त सफलता हाँसिल गरेका हुन्।
पहिलो चरणको प्रतिस्पर्धामा २४ जनाबाट ८ जनामा पर्न सफल भएपछि आयोजकले  उनलाई " यी सोह्र बर्षे किशोरले आफ्नो कलाबाट सबैलाई चकित पारेका छन। अब हेरौ फाइनलमा के हुन्छ" भन्दै  स्टाटसमा समेत उल्लेख गरेको थियो। उत्कृष्ट २ मा परेका उनलाई  आयोजक संस्था 'बिट ड्रप'ले २४०० क्यानेडियन  डलर  छात्रवृत्ति  प्रदान गरेको छ ।
उत्कृष्ट दुईमा परेपछि अभिले औपचारिक तालिम विना सौखको रुपमा संगीतमा लागेका अभिले सिक्दै जाँदा  करिव एक बर्षको प्रयासमा आफुले म्युजिक बिट उत्पादनमा केही जानेको तर यति छिट्टै बीस पच्चीस बर्ष संगीत साधना भएका क्यानेडियन संगीतकर्मीसंग आफ्नो संगीत तुलनायोग्य होला भन्ने नसोचेको प्रतिक्रिया दिएका छन्।
अभि क्यालगरीको  सर विन्स्टन चर्चिल हाइस्कुलमा कक्षा ११ मा अध्ययनरत छन्।

Comments

Popular posts from this blog

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ