७ नम्बर प्रदेशको सीमांकन परिर्वतन हुँदैन: देउवा

२०७२ पुष ११ गते १५:०८ मा प्रकाशित
११ पुस, कञ्चनपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूर पश्चिमको ७  नं प्रदेशको सीमांकन परिर्वतन नहुने दाबी गरेका छन् ।
Sher-Bahadur-Daubaकेही मधेसकेन्द्रित दलले सीमांकनलाई लिएर थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर विवादित जिल्ला भए पनि कांग्रेसले सुदूरलाई नटुक्र्याउने उनले बताए ।
नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न आएका देउवाले सबै जातजातिले मिलेर बस्नाको विकल्प नरहेको बताए ।
भेटघाटमा कांग्रेस कञ्चनपुरका नेताहरुले ऐतिहासिक रुपमा मिलेर बस्दै आएका थारु–पहाडी मूलका नागरिकबीच झन् सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिए । भूगोल टुक्र्याएर भन्दा पनि आर्थिक रुपमा विपन्न समुदायको भलो हुने काम गर्नुपर्नेमा नेताहरुले सुझाव दिएका छन् । रासस

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज