छापाबाट
- औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी
काठमाडौं पुस २ - भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव हुँदा अत्यावश्यक सेवा प्रभावित भइरहेका बेला सरकारले वीरगन्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात बढेको दाबी गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
- 0 Comments
- एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार
काठमाडाैं पुस २ - एमालेले केन्द्रीय विभागहरूको संख्या बढाएर ३१ पुर्याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरूले पूर्णता पाउादा सात सय ७५ नेताले काम पाउँथे । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
- 0 Comments
- अब बिहान ४ बजेसम्म मापसे चेकिङ
काठमाडौं पुस २ - सडकमा सवारी साधनको संख्या बढेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङमा पनि कडाइ गर्न थालेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
- 0 Comments
- पेट्रोल पम्पसँग मिलेकाे अारोपमा पूर्वमन्त्री अनिल झा पनि तानिने
काठमाडौं पुस ३ - तत्कालिन वाणिज्यमन्त्री अनिल झाको समेत मिलेमतोमा पेट्रोल पम्पहरुले ठगी गर्दै आएको खुलेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
- 0 Comments
- कनिष्ठ प्रहरीको बाटोखर्च हिनामिना
काठमाडौं पुस २ - नेपाल प्रहरीका जुनियर कर्मचारीले सरवा हुदाँ पाउने भ्रमण भत्तामा लेखापालदेखि कार्यालयप्रमुखसम्मको सेटिङबाट आर्थिक अनियमितता हुने गरेको रहस्य खुलेको छ । कारोबार दैनिकमा समाचार छ ।
- 0 Comments
- चर्को मूल्यवृद्धि
काठमाडौं पुस २ - तराई मधेस र नाकाबन्दीसँगै बढ्दो कालोबजारीले मूल्यवृद्धि चर्केर गएको छ । नागरिक दैनिकमा समाचार छ ।
- 0 Comments
- विमानस्थलमा अख्तियारको आतंक
काठमाडौं पुस २ - पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
- 0 Comments
- आलोपालो स्कुल
तनहुँ, पुस २ - उनीहरु आलोपालो गरेर स्कुल जान्छन् । स्कुल गएको भोलिपल्ट गोठालो जानुपर्छ। सातामा मुस्किलले ३ दिन स्कुलको मुख देख्न पाउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
- 0 Comments
- यसरी बढ्यो चिसाे
काठमाडौं पुस २ - वायु प्रदुषणका कारण धेरै समय बादल लागेपछि बुधबारदेखि राजधानी चिसिने क्रम बढ्दै गएको छ । कान्तिपुर दैनिकमा समाचार छ । धूवाँ , धुलोलगायत प्रदुषणले सूर्यको किरण जमिनमा आउन रोकेपछि चिसो बढेको हो।
- 0 Comments
- प्राधिकरण प्रमुखको नियुक्ति छिट्टै
काठमाडाैं पुस २ - महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न प्राधिकरण गठनसम्बन्धी विधेयकलाई बुधबार व्यवस्थापिका संसद्ले सर्वसम्मतिबाट पारित गरेको छ । महाभूकम्प गएको ८ महिनापछि त्यसको पुनर्निर्माण र राहतसम्बन्धी कानुन तयार भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
- 0 Comments
- कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिए
काठमाडौं, पुस १ - अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेका छन् । कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो । कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्याउने लक्ष्य लिएको थियो ।
- 0 Comments
- प्रहरीले किन गोप्य राख्याे एउटा भयानक दुर्घटना
काठमाडौं पुस १ - गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । नागरिक दैनिकमा समाचार छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोडिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो ।
- 0 Comments
- तेल अनुगमनमा फारम भर्नै नजान्ने कर्मचारी
काठमाडौं पुस १ - अभावको मौका छोप्दै मिलेमतोमा इन्धन कालोबजारी एवं उपभोक्ता ठगी मौलाउँदो छ तर सरकारी नियामक निकायले नाम मात्रको अनुगमन गरिरहेको खुलेको छ । नागरिक दैनिकमा समाचार छ । दिनहुँ तेल अनुगमनमा खटिने ५० कर्मचारीमध्ये आधा श्रेणीविहीन तहका छन् जसलाई जाँच्ने प्राविधिक ज्ञान नै छैन । न्यूनतम प्राविधिक ज्ञानसमेत नभएका कर्मचारीलाई पेट्रोलपम्पबाट बाँडिने पेट्रोल/डिजेलको अनुगमन गर्न पठाउँदा कालोबजारी र अनियमितता रोकिनुसट्टा झन् बढ्दो छ ।
- 0 Comments
- राहत गोदाममै, भूकम्पपीडित सकसमा
बारपाक (गोरखा) पुस १ - विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक-५ कामीगाउँका ५२ परिवार अहिले ४ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा टहरो बनाएर बसेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । आठ महिना शिविरमै बिताएका उनीहरू दीर्घरोगबाट थलिन थालेका छन्। स्थानीय सुनिता विक भन्छिन्, ‘यहीं बसेपछि मलाई हाडजोर्नी दुख्ने रोगले भेट्यो।' चिसोका कारण शिविरमा कसैलाई दम, कसैलाई पेट दुख्ने, कसैलाई आँखा दुख्ने, कसैलाई रगतमासी पर्नेलगायतका समस्याले सताइरहेको उनले सुनाइन्।
- 0 Comments
- हतियार किन्न सेनाले माग्यो ८ अर्ब
काठमाडौं पुस १ - नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड रुपैयाँ सरकारसँग माग गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । हातहातियार, तालिमसहित सेनालाई अत्याधुनिक बनाउन त्यसमा थप रकम लाग्ने सेनाले जनाएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संसदको राज्यव्यवस्था समिति बैठकमा सेनाका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको बताए ।
- 0 Comments
- भूकम्पबाट घर पूर्ण क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान
काठमाडौं पुस १ - सरकारले भूकम्पबाट घर पूर्ण क्षति भएका परिवारलाई दिइने अनुदानको पहिलो किस्ता वितरणको तयारी थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
- 0 Comments
- राहत र खाद्यको चामलमा किरा
गोरखा, पुस १ - भूकम्पपीडितलाई वितरण गर्न भन्डारण गरिएको चामलमा किरा पर्न थालेको छ । कान्तिपुर दैनिकमा समाचार छ । दुर्गमका बासिन्दालाई सहुलियत मुल्यमा बिक्री गर्न जिल्लामा आएको खाद्य संस्थानको चामल पनि गोदामै सड्ने क्रममा छ ।
- 0 Comments
- प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको मागपत्र
काठमाडाैं पुस १ - सरकारसमक्ष आन्दोलनकारी, असन्तुष्ट वा निश्चित विषयसग सरोकार राख्नेहरु ज्ञापनपत्र बुझाउन जानु सामान्य हो, तर कार्यकारी निकायमा रहेको सरकारकै प्रभावशाली सदस्य मागपत्र बुझाउन गए के होला? कान्तिपुर दैनिकमा समाचार छ । यस्तो अभ्यास मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देखियो। सरकारका छ उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार आफू अध्यक्ष रहेको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उच्च प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री भेट्न पुगे। प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने दलको राजनीतिक समिति निर्णयको व्यहोरा फेरबदल गर्दै गच्छदारले ध्यानाकर्षणपत्र भन्ने शब्दावली राखेका थिए।
- 0 Comments
- 'पुनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती'
काठमाडाैं पुस १ - मधेस केन्द्रित दलहरूले भूकम्पपछिको पुनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती संविधान संशोधन विधेयकसमेत पेस गरिएको भन्दै आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध फोरम, तमलोपा, सदभावना, तमसपा आबद्ध ३४ सभासद्ले प्याकेजमै सहमति भएमात्रै संविधान संशोधन विधेयक मान्य हुने बताउँदैआएका छन् । अघिल्लो सरकारले अघि बढाएको संविधान संशोधन विधेयक अपुरो र एकपक्षीय भएको उनीहरुको भनाइ छ।
- 0 Comments
- प्रधानमन्त्रीको निर्णयमा 'नैतिक प्रश्न'
काठमाडौं मंसिर २९ - प्रधानमन्त्री केपी ओलीले न्याय परिषद्का एक सदस्यका विषयमा लिएको एउटा निर्णयमाथि गम्भीर नैतिक प्रश्न उब्जिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालाद्वारा न्याय परिषद्मा सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइ विशेष समितिबाट फिर्ता गर्ने निर्णयमा द्वैध चरित्र देखाएको भन्दै न्याय क्षेत्रमा प्रधानमन्त्रीको कदमको तीव्र आलोचना भएको हो। संविधान एवं कानुनविज्ञले प्रधानमन्त्रीको उक्त निर्णयमाथि 'क्षेत्राधिकार'को प्रश्न उठाएका छन्।
- 0 Comments
- भारतको नाकाबन्दीभन्दा चर्को दलहरूको ज्यादती
काठमाडाैं मंसिर २९ - भारतले नाकाबन्दी खोल्छु भनेको छ, मधेसीहरूले वार्ताबाट सहमतिमा जान्छौ भनेका छन्, तर प्रमुख तीन दलले पुनर्निर्माण प्राधिकरणको सिइओ पद कब्जा गर्न देशलाई अमानवीयरूपले बन्धक बनाएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
- 0 Comments
- न्याय खाेज्दै अदालत पुगिन किशाेरी अामा
स्याङ्जा मंसिर, २९ - बाबुको साथी होमबहादुर थापाबाट गर्भवती भएकी १४ वर्षकी किशोरी आमा महिना दिनको काखे नानी च्यापेर न्याय खोज्दै अदालत पुगेकी छन् । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । छोरो जन्मेको ३४ दिन पुग्दा पनि बाबु सम्पर्कमा नआएपछि पिता कायम गरी न्वारान गरिपाउन र माना चामलको व्यवस्था गर्न भन्दै क्याक्मी गाविस ८ देउरालीकी किशोरी सिम्पल राना अदालत पुगेकी छिन् ।
- 0 Comments
- चिम्नी ढल्दा मृत्यु हुनेकाे संख्या ७ पुग्याे
इटहरी मंसिर २९ - इटहरी उपमहानगरपालिका–१६ एकम्बाको लोहनी टोलस्थित इँटाभट्टाको चिम्नी सोमबार साँझ पड्किएर ढल्दा थिचिएर सात जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । २५ जना घाइते भएका छन् । तीमध्ये १४ गम्भीर छन् । मृत्यु भएकामा भारत बिहारका २ र बंगालका ३ छन् । अरु दुई स्थानीय हुन् ।
- 0 Comments
- दसगजामा भारतीय निर्माण, नेपालको आपत्ति
काठमाडाैं मंसिर २९ - भारतले नेपाली भूभाग डुबानमा पार्नेगरी दसगजामा निर्माण गरिएको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । नेपालले सीमा क्षेत्रमा पूर्वपश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको हाे ।
- 0 Comments
- सेनाले अब दूध र विस्कुट सिधै कम्पनीबाट किन्ने
काठमाडौं मंसिर २९ - नेपाली सेनाले यस पटकबाट सेनाका लागि चाहिने दूध र विस्कुट सिधै उत्पादन कम्पनीबाट्र खरिद गर्ने निर्णय गरेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । यसअघि सेनाले टेण्डरबाट ठेकेदारमार्फत खरिद गर्दा सेनालाई ठूलो व्यवभार परेको भन्दै यसपटक दूध र विस्कुट कम्पनीसँग खरिद गर्ने सम्झौता गरेको हो ।
- 0 Comments
- कान्छी भित्र्याएर जेठी घर निकाला
विराटनगर, मंसिर २९ - विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी घर निकाला गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । २९ वर्षीय अप्रोज अलीले कान्छी भित्र्याएर जेठीलाई घर निकाला गरेका हुन् । भोजपुर माइत गएकी आरती तामाङ र उनी बीच दुई वर्ष अघि प्रेम विवाह भएको थियो ।
- 0 Comments
- एक महिनामा ७६ सेरोगेसी शिशु बाहिरिए
काठमाडौं मंसिर २९ - भाडाको कोख सेरोगेसी प्रविधिबाट नेपालमा जन्मिएका शिशु विदेदश लैजाने क्रम ह्वात्तै बढेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । गृह मन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्ययागम विभाग र सीमा क्षेत्रका कार्यालयहरुलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएका छन् ।
- 0 Comments
- ५ जनामा स्वाइन फ्लु
काठमाडौं मंसिर २९ - चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो । स्वाइन फ्लु देखिन सुरु भएको छ, प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् ।
- 0 Comments
- कांग्रेसलाई मनाउन सत्तापक्षका तीन विकल्प
काठमाडाैं मंसिर २९ - सत्तापक्षले संसद बैठक सुचारु गर्नका लागि प्रमुख विपक्षी कांग्रेसलाई मनाउन तीन विकल्प अघि सारेको छ । भूकम्पछि पुननिर्माणसम्बन्धी विधेयक कि संविधान संसोधन विधेयकलाई प्राथमिकता दिने भन्ने गतिरोध हटाउन सत्तापक्षले ती विकल्पसहित कांग्रेससित संवाद थालेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
- 0 Comments
- ब्याज तिर्दै पैसा थुपार्दै राष्ट्र बैंक
काठमाडौं मंसिर २८ - बजारमा अधिक रकम हुँदा आइपर्ने तत्कालिन, मध्यकालिन र दीर्धकालिन असर कम गर्न राष्ट्र बैंकले ब्याज तिरेर पैसा ढुकुटीमा थुपार्न खोजेको हो । अहिले पौने ३ अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा बिनाकाम थुप्रिएको छ ।
Comments
Post a Comment