अस्ट्रेलियाको राजनीतिमा नाता जोड्दै नेपाली
हेमन्त काफ्ले अस्ट्रेलिया,पुस १६ prin प्रवासमा नेपाली राजनीतिले गाँजेको नेपाली समाज यतिबेला विस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। संख्यात्मक हिसाबले ठ्याक्कै यकिन गर्न नसकिए पनि ८० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियामा ८० कै संख्यामा नेपाली संघ संस्था होलान्। नेपालका हरेक राजनीतिक पार्टीका भातृ संगठन र निकाय रहेको अस्ट्रेलियामा राजनीतिक झण्डा बोकेर राजनीति गर्ने समुदाय बिस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। यसको पछिल्लो उदाहरण हो, लिबरल फ्रेन्ड्स अफ नेपालको गठन र यसको क्रियाशिलता।लेबर पार्टीमा पहिलेदेखि नै नेपालीहरुको सहभागिता देखिए पनि सत्ताशीन लिबरलमा नेपाली समुदायले आधिकारिक नाता जाडेको भने धेरै भएको छैन्। लेबर र लिबरल पार्टीको बाहुल्यता रहेको अस्ट्रेलियामा यतिखेर लिबरलले साना पार्टीको साझेदारीसहित सरकार चलाएको अवस्था छ । घरेलु राजनीतिसँग साइनो जोड्न नसकेको नेपाली समाजले लामो समयपछि आएर लिबरल फ्रेन्ड्स अफ नेपालको नाममा पार्टीको भगिनी संस्था खोलेर समुदायको आवाज सरकारसम्म पुर्याउने बाटो रोजेको हो। लामो समयद...