Posts

Showing posts from 2015

अस्ट्रेलियाको राजनीतिमा नाता जोड्दै नेपाली

Image
हेमन्त काफ्ले   अस्ट्रेलिया,पुस १६  prin प्रवासमा नेपाली राजनीतिले गाँजेको नेपाली समाज यतिबेला विस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। संख्यात्मक हिसाबले ठ्याक्कै यकिन गर्न नसकिए पनि ८० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियामा ८० कै संख्यामा नेपाली संघ संस्था होलान्।   नेपालका हरेक राजनीतिक पार्टीका भातृ संगठन र निकाय रहेको अस्ट्रेलियामा राजनीतिक झण्डा बोकेर राजनीति गर्ने समुदाय बिस्तारै घरेलु राजनीतिमा आकर्षित हुन थालेको छ। यसको पछिल्लो उदाहरण हो, लिबरल फ्रेन्ड्स अफ नेपालको गठन र यसको क्रियाशिलता।लेबर पार्टीमा पहिलेदेखि नै नेपालीहरुको सहभागिता देखिए पनि सत्ताशीन लिबरलमा नेपाली समुदायले आधिकारिक नाता जाडेको भने धेरै भएको छैन्।   लेबर र लिबरल पार्टीको बाहुल्यता रहेको अस्ट्रेलियामा यतिखेर लिबरलले  साना पार्टीको साझेदारीसहित सरकार चलाएको अवस्था छ । घरेलु राजनीतिसँग साइनो जोड्न नसकेको नेपाली समाजले लामो समयपछि आएर लिबरल फ्रेन्ड्स अफ नेपालको नाममा पार्टीको भगिनी संस्था खोलेर समुदायको आवाज सरकारसम्म पुर्‍याउने बाटो रोजेको हो। लामो समयदेखि बाक्लिदै गएको नेपाली

मोदी र ओलीबीच टेलिफोनमा कुराकानी

Image
वाददाता  काठमाडौं, पुस १६  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए। ‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो। प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकट

ओलीको विकल्प: प्रचण्ड नेतृत्वको राष्ट्रिय सरकार ! 'एमाओवादी चौथो बन्यो भने टोपबहादुरले जिम्मा लिनुपर्छ'

Image
२०७२ पुष १३ गते १०:०५ मा प्रकाशित   गोपाल किराती माओवादी नेता प्रचण्डलाई संविधानसभाबाट संविधान जारी गर्नु थियो । एमाले नेता खड्ग ओलीलाई सिंहदरबारमा प्रधानमन्त्रीको फोटो झुन्डयाउनु थियो । कांग्रेस नेता सुशील कोइरालालाई बेइज्यतीपूर्वक सत्ता बहिर्गमनबाट बच्नु थियो । यही पृष्ठभूमिमा संविधानसभाबाट सापेक्षित सहमतिको संविधान जारी भयो । र, खड्ग ओली बहुमतीय सरकारको प्रधानमन्त्री बने । परन्तु, प्रधानमन्त्री बन्नुअघि आकाशको तारा खसाउँछु भन्ने केपी ओली सरकारको नेतृत्वमा पुगेको तीन महिना हुँदासम्म वरको सिन्को पर सार्न नसक्ने असक्षम प्रमाणित भएका छन् । सञ्चारकर्मीहरुको टिप्पणीमा रोमको राजा निरोलाई पनि ओलीले माथ गरेका छन् । नेपाली राजनीतिलाई डेढ दशकअघिको विहारीकरण गरेका छन् । यो ओलीको नालायकीपनको द्योतकबाहेक अरु हुन सक्दैन । सैद्धान्तिक प्रश्न राजनीतिक स्थिरता, पूर्वाधार विकास तथा शान्ति सुरक्षाको दिगो व्यवस्थापन एवं नयाँ राष्ट्रिय एकीकरण सम्पन्न गर्न माओवादीले जननिर्वाचित कार्यकारी शासकीय स्वरुपको जोड्दार पहल गरेको हो । तर, ओलीकै जिद्दीमा एमाले हुँदै कांग्रेसले जनविरोधी संसदीय शासकीयस्वरु

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

Image
२०७२ पुष १३ गते ११:१८ मा प्रकाशित महेश चौरसिया तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पौष १२ गते एउटा समारोहमा ‘मधेस अलग राज्य हो, सबै मापदण्ड पुगेको छ’ भनेसँगै सञ्चारमाध्यमदेखि राष्ट्रिय राजनीतिसम्म एउटा नयाँ तरंग उत्पन्न भएको छ । ठाकुरको भनाइलाई लिएर विभिन्न स्तरबाट बहस र चर्चा हुँदैछ । ठाकुरकै काउन्टरमा ‘तराई कसैको पेवा होइन’ भन्ने टिप्पणीसमेत आएको छ । त्यसैको प्रतिउत्तरमा मैले यो आलेख लेख्न बाध्य भएँ । हो, ठाकुरजीले भनेका थिए, ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ । त्यसैले अलग राज्यका लागि मधेससँग सबै मापदण्ड छ ।’ यसमा आपत्तिजनक र भत्र्सनायोग्य चीज के छ ? ठाकुरले मधेस टुक्र्याउन भनेका होइनन् । निशन्देह, एउटा छुट्टै राष्ट्र स्थापनाका लागि हुनुपर्ने सबै मापदण्ड मधेससँग छ । मधेस भाषा, भूगोल, संस्कृति र जनसंख्याका हिसाबले अलग राज्यका लागि योग्य पनि छ । यसमा कसैको आपत्ति छ भने त्यो उसको दृष्टिदोष मात्रै हो । यद्यपि, यहाँ ठाकुरजीको पक्ष लिन खोजिएको होइन । केवल प्रतिउत्तर दिन चाहेको मात्रै हो । केपी ओल

अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

Image
२०७२ पुष १६ गते ११:४९ मा प्रकाशित १६ पुस, काठमाडौं । कोस्टारिकामा बुधबार २६ जना नेपालीहरु अवैध आप्रवासनको आरोपमा पक्राउ परेका छन् । सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा सबैभन्दा बढी नेपालीहरु परेका हुन् । पक्राउ पर्ने अन्यमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेको  स्थानीय सञ्चारमाध्यम ले जनाएका छन् । उनीहरु कसैसित पनि यात्राका लागि वैध कागजात नरहेको अधिकारीहरुको भनाइ छ । आप्रवासीहरुलाई ओसारपसार गराउने काममा संलग्न कोस्टारिकाका तीन नागरिक पनि मानव बेचविखनको आरोपमा पक्राउ गरिएको छ । सबै आप्रवासीहरुलाई त्यहाँबाट अमेरिका पुर्‍याउने प्रयास भइरहेको अधिकारीहरु बताउछन् । यसै महिना, गत ७ डिसेम्बरमा कोस्टारिकाका अधिकारीहरुले १७ जना नेपाली र बंगलादेशीलाई पक्राउ गरेर थुनेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा २७ वटा गाडीको लर्को

Image
२०७२ पुष १५ गते २०:०५ मा प्रकाशित   ध्रुव भट्टराई १५ पुस, बिराटनगर । भारतीय नाकाबन्दी अझै हटेको छैन र, देशभर नै इन्धनको अभाव कायमै छ । तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर विमानस्थल उत्रँदा भने उनलाई स्वागत गर्ने जानेहरुको गाडीको लाइन नै लाग्यो । प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने क्रममा विराटनगर विमानस्थलमा उत्रिएका थिए । उनको स्वागतमा सुरक्षा निकायका साथै सरकारी कार्यालयका प्रमुखहरुसहितका २७ वटा सवारी विमानस्थल पुगेका थिए । विराटनगर विमानस्थलको भीआइपी कक्षदेखि विमानस्थल सुरक्षार्थ रहेको नेपाली सेनाको गणको मुखयद्धारसम्म सवारी साधानको लर्को देखिन्थ्यो । गाडीहरुलाई एक लाइनमा राखिएकबो थियो । तर, अटाउन नसकेपछि कतिपय सरकारी अधिकारीको सवारी साधान विमानस्थलको पाकिङमा समेत राखिएको भेटियो । विराटनगर विमानस्थलवाट प्रधानमन्त्री निस्किपछि सवारी साधानको लर्को उनी बास वस्ने स्थान सुनसरीको इटहरीस्थित सशस्त्र प्रहरीको पुर्वी मुख्यालयसम्म पुगेको छ ।

सुन तोलामा तीनसय रुपैयाँले सस्तियो

Image
२०७२ पुष १६ गते ११:५३ मा प्रकाशित   १६ पुस, काठमाडौं । सन् २०१५ को अन्तिम दिन बिहीबार सुनको मूल्य तोलामा तीनसय रुपैयाँले सस्तिएको छ । छापावाल सुन आज प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुन प्रतितोला ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन १ सय रुपैयाँले महंगिएको थियो । त्यसअघि केहीदिन सुनको मूल्य स्थिर थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बिहीबार तेजावी सुनको मूल्य भने ४७ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सरकार कांग्रेसको प्राथमिकतामा छैन : महामन्त्री सिंह

Image
२०७२ पुष १६ गते ११:०१ मा प्रकाशित   १६ पुस, चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले राष्ट्रियता रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रियताको सवालमा कसैसँग सम्झौता गर्न नहुने उनले बताए । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विहीबार चितवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सिंहले भने, ‘राष्ट्रियताको बिषयमा कोहि कसैसित कुनै सम्झौता नगरौं । राष्ट्रियता र लोकतन्त्रको पक्षमा सबै एक भएर अघि बढ्नुपर्छ ।’ ‘कांग्रेसलाई सत्तासँग नजोड्नुस्’ पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले कांग्रेसलाई सत्तासँग नजोड्न आग्रह पनि गरे । अहिले कांग्रेस सरकारमा जाने चलेखेलमा लागेको भनेर हल्ला फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे । ‘कांग्रेस सत्ताको खेलमा लागेको छैन,’ सिंहले भने, ‘अहिले जनताले पाएको दुःखलाई समाधान गर्ने र राष्ट्रियताको रक्षा गर्ने कांग्रेसको प्राथमिकता हो ।’ देशमा इन्धन आपूर्तिको व्यवस्था असहज हुँदा जनताले निकै कष्ट भोग्नुपरेको र कालोबजारी मौलाएको भन्दै उनले त्यसलाई रोक्न सरकार पूर्णरुपमा असफल रहेको सिंहले आरोप लगाए

बाटोमा सुतेका मजदुरलाई ट्याक्टरले किच्यो

Image
२०७२ पुष १६ गते १५:१८ मा प्रकाशित   १६ पुस, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाविसस्थित दिदिमा भन्ने स्थानमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ । दोभान-लिङतेप सडकखण्ड अन्तर्गत सन्थाक्रा गाविस १ मा बाटोमा सुतिरहेका ईलाम गोर्खे गाविस पर्मेजुङ घर भई सोही गाउँमा दैनिक ज्यालादारी काम गर्ने अन्दाजी ३० वर्षीय सन्तोष थापालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बाटोमा पराल ओछ्याई सुतिरहेका थापालाई मंगलबार राति १० बजेतिर दोभानबाट लिङ्तेपतर्फ जादै गरेको मे. १ त ३८०१ नम्बरको ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । घटनाबारे प्रहरीलाई ढिला गरी जानकारी प्राप्त भएकाले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई बुधबार साँझबाट मात्र अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रधानमन्त्रीको कामभन्दा कुरा बढी : माधव नेपाल (भिडियोसहित) सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन सुझाव

Image
२०७२ पुष १६ गते १३:३० मा प्रकाशित फाइल तस्वीर १६ पुस, काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कामभन्दा कुरा बढी गरेर हिँडेको आरोप लगाएका छन् । बिहीवार कोटेश्वरस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको साक्षात्कारमा एमाले नेता नेपालले आमजनता कालोबजारी र महङ्गीको मार सहन बाध्य भइरहेका बेला प्रधानमन्त्री ओली भने आश्वासन बाँड्नमा मात्र सीमित भएको बताए । उनले जनतालाई आश्वासनभन्दा परिणाम देखिने काम चाहिएको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘कालोबजारीका साथसाथै मूल्यवृद्धि र सामानको अभाव यी सबै कुराहरुको सन्दर्भमा सरकारले केही काम त गरेको छ । तर त्यो केहि कामले पुगेन,’ नेता नेपालले भने, ‘जनतालाई अब धेरै आश्वासन होइन ठोस काम चाहिएको छ, ठोस परिणाम चाहिएको छ ।’ भिडियो हेर्नुहोस् एमाले नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सहमतिको वातावरण बनाउन क्रियाशील नभएको आरोपसमेत लगाए । उनले ओलीले राष्ट्रको प्रधानमन्त्रीको रुपमा सबैसँग वार्ता र सम्वाद गरी सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन

जनतालाई राहत दिन सरकार असफल : राप्रपा चन्दले पार्टी अध्यक्षता ग्रहण गर्ने कार्यक्रममा राणा अनुपस्थित

Image
२०७२ पुष १६ गते १४:१८ मा प्रकाशित १६ पुस, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई राहत दिन सरकार असफल भएको आरोप लगाएको छ । भूकम्प, नाकाबन्दी र कालोबजारीका कारण नेपाली जनताहरु आक्रान्त भए पनि समस्या समाधान गर्न सरकार असफल भएको राप्रपाको ठहर छ । आलोपालो प्रणालीअनुसार बिहीबार पार्टीको अध्यक्ष पद सम्हालेका राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सञ्चारकर्मीसँग कुरा गर्दै नाकाबन्दी खुलाउन र जनजीबन सहज बनाउन सरकारलाई सुझाव दिए । उनले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री दिपक बोहोरालाई जनहितको पक्षमा काम गर्न निर्देशन दिएको जानकारी दिए । सरकारमा बोहोराले श्रम र आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सरकारमा बोहोराको सहभागीताबारे राप्रपामा विवाद छ । तर, अध्यक्ष चन्दले त्यो विवाद सामान्य मात्र भएको बताए । ‘सरकारमा सहभागी भएको विषयमा ठूलो विवाद छैन, यो सामान्य हो,’ चन्दले भने, ‘पार्टी व्यक्तिबाट भन्दा पनि नीतिअनुसार चल्छ ।’ चन्दले औपचारिकरुपमा पार्टीको नेतृत्व लिने कार्यक्रममा पूर्वअध्यक्ष पशुपति समशेर राणा भने सहभागी थिएनन् । तत्कालीन अध्यक्ष सूर्य
Image
प्रधानमन्त्री केपी ओली गृह जिल्ला जाने प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जाँदै छन् । झापामा बिहीवार हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली अपरान्ह ४ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।   प्रधानमन्त्री ओली बुधवार अपरान्ह सुनसरीमा हुने कार्यक्रममा सहभागी भएपछि गृह जिल्ला झापा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बिहीवार अपरान्हमात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

तराईमा तीन प्रदेश उपयुक्त : गच्छदार

Image
खिलानाथ ढकाल  विराटनगर, पुस १४  उपप्रधान एवम् भौतिक योजना तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संघीयता पुनः निर्धारण नभएसम्म तराईमा देखिएको समस्या समाधान नहुने बताएका छन्। गच्छदारले संघीयता पुनःनिर्धाण गर्दा समग्र आठ प्रदेश र तराईमा तीन प्रदेश हुनैपर्ने बताए।    विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुनःनिर्धारण हुने परिस्थिति अहिले नरहेको पनि बताए। "संघीयता पुनःनिर्धारण नगरी तराई–मधेसको समस्या समाधान हुँदैन,' गच्छदारले भने, 'पुनःनिर्धारण गर्दा तराईमा तीन प्रदेश र समग्र आठ प्रदेश बनाउनुपर्छ।'    आफूले पहिले पनि तराईमा तीन प्रदेश हुनुपर्ने भनिरहेको तर त्यसो नभएका कारण अहिलेको स्थिति उत्पन्न भएको बताए। 'संख्या आठ नै हुनुपर्थ्यो तर सातवटा बनाइयो,' गच्छदारले भने।  संघीयताको सीमाङ्कन आफैं जटिल विषय रहेको भन्दै गच्छदारले पुनःर्निरण गरेर टुंगो लगाउन पनि कठीन नै रहेको बताए। 'सीमाङ्कनको कुरा हो, अहिले तराईमा जुन किसिमको राजनीतिक संकट छ, यसको वस्तुपरक समाधान खोजिएमात्र नयाँ संविधान कार्यान्वयनको बाटो खुल्छ,' उनले भने।   

एमालेका विद्यार्थीलाई यसरी लाग्दैछ महाधिवेशनको महाभारत अध्यक्षमा तीन दावेदार निस्किए: पदाधिकारीमा दर्जनौं उम्मेदवार

Image
२०७२ पुष १४ गते ११:१० मा प्रकाशित   १४ पुस, काठमाडौं । एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आउन करीब डेढ महिना बाँकी रहँदा अध्यक्षसहित पदाधिकारीमा दर्जनौं विद्यार्थी नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । अखिलको महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुने भएको छ । गत असोजमै हुनुपर्ने महाधिवेशन संविधान जारी र नाकाबन्दीका कारण चारमहिना पछाडि धकेलिएको हो । महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेको र बिभिन्न जिल्ला तथा क्षेत्रमा भेलाहरु आयोजना भइरहेको मूल व्यवस्थापन समितिका संयोजक दीपक गौतमले बताए । त्यसका लागि सचिवालय समेत गठन भइसकेको उनले जानकारी दिए । अखिलको महाधिवेशनमा जनपरिचालनको समेत जिम्मा पाएका प्रचार प्रसार समितिका प्रमुख ऐन महरका अनुसार भृकुटीमण्डपमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । जुन ठाउँमा एमालेको पनि महाधिवेशन उद्घाटन भएको थियो । महाधिवेशनमा १५ सयभन्दा बढी प्रतिनिधिले भाग लिने प्रतिनिधि व्यवस्थापन समिति संयोजक नविना लामाले जानकारी दिइन् । त्यसमा महिलाको संख्या एक तिहाइ हुनेछ भने प्रतिनिधि छनोट माघ ८ गतेसम्म भइ

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

Image
२०७२ पुष १४ गते १३:०५ मा प्रकाशित   नविन अर्याल १४ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षमा परिवार तथा साथीभाइसँग घुम्न कहाँ जाने ? यदि तपाई दोधारमा हुनहुन्छ भने हामी केही उपयुक्त गन्तव्यका बारेमा जानकारी गराउँछौं । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ छन् । हामी गन्तव्यहरु रोजेर घुमफिरमा जान सक्छौं । पछिल्लो समय नेपालीहरु विदामा घुम्न जान थालेपछि धेरै गन्तव्यहरु तयार भएका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् । नगरकोट काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् । नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ । धुलीखेल काठमाडौंबाट नज