ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन बन्दुकमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

२०७२ पुष २२ गते १४:०८ मा प्रकाशित
 
Obama, afp, nocredit
२२ पुस, काठमाडौं । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका छन् । यसो भन्दैगर्दा ओबामा निकै भावुक भए र कारवाही नगर्न कुनै बाहना नचल्ने बताएका छन् ।
ओबामाले साथमा बन्दुक राख्ने नागरिकहरुको पृष्ठभूमि अध्ययन गर्नुका साथै मानसिक स्वाथ्य र अपराधको इतिहासँग जोडिएको नियम बनाउने बताएका छन् ।
साथै उनले चोरी हुने बन्दुकको जानकारी दिने कानूनलाई राम्ररी लागू गरिने बताएका छन् । मानसिक स्वास्थ्यको उपचारसम्म मानिसहरुको पहुँच पुर्‍याउने तयारी पनि भइरहेको उनले जनाएका छन् ।
यस्तो घोषणा गरिरहँदा ओबामाको आँखाबाट आँसुको धारा बगेको थियो । बन्दुकका लागि गर्नेहरुले संसदलाई बन्धक बनाएको उनले बताए । उनले भने- तर, अब अमेरिका बन्धक बन्न सक्दैन ।
अमेरिकामा अहिले सडक दुर्घटनामा मृत्यु हुने भन्दा गोलाबारीबाट मृत्यु हुनेको संख्या धेरै भइसकेको छ ।
अमेरिकी कानूनले त्यहाँका नागरिकलाई घरमा बन्दुक राख्ने अनुमति दिँदै आएको छ ।

Comments

Popular posts from this blog

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ