एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

प्रमुख सचेतकमा भानुभक्त ढकाल

२०७२ पुष २१ गते १९:४० मा प्रकाशित
Subash-Nembang२१ पुस, काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेताको जिम्मेवारी संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्वाङलाई दिएको छ ।
आज बसेको एमालेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता र भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको हो ।
एमालेले अहिलेसम्म संसदीय दलको उपनेता चयन गरेको थिएन भने पूर्व प्रमुख सचेतक अग्नी खरेल कानुनमन्त्री नियुक्त भएपछि गोकुल घर्तिले कार्यबाहक प्रमुख सचेतकको भूमिका निभाउँदै आएका थिए ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेम्वाङ र ढकाललाई नयाँ जिम्मेवारी दिएको हो ।
नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ढकाल समानुपातिक सांसद हुन् ।
घर्ति भने एमाले संसदीय दलको सचेतकमा कायमै छन् ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज