अखिल क्रान्तिकारीले ७ प्रदेशको इन्चार्ज तोक्यो, प्रवक्ताको जिम्मा बस्नेतलाई

२०७२ पुष २२ गते ११:३७ मा प्रकाशित
 
२२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रादेशिक संरचनाअनुसार संगठनात्मक स्वरुप निर्माण गरेको छ । क्रान्तिकारीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी सुरेन्द्र बस्नेतलाई दिएको छ ।
Surendra-Basnet
सुरेन्द्र बस्नेत
नयाँ संविधान अनुसारको संगठनात्मक संरचना निर्माण गर्न र समसामयीक राजनीतिक परिस्थितिअनुसारको रणनीति तय गर्न क्रान्तिकारीको पदाधिकारी बैठक बसेको थियो ।
बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा चिरञ्जीवी लामिछाने र संयोजकको जिम्मेवारी महेन्द्र भट्टराईलाई दिएको छ । प्रदेश नम्बर २ को इन्चार्ज रामबाबु बैठा र संयोजक महेशलाल यादव तोकिएका छन् ।
यसैगरी प्रदेश नम्बर ३ को इन्चार्ज दीपक देवकोटा र संयोजक विजय गौतम, ४ नम्बर प्रदेशको इन्चार्ज पुरन केसी र संयोजक अमरदीप पराजुली तोकिएका छन् ।
यस्तै ५ नम्बर प्रदेशको इन्चार्ज तिलकराज भण्डारी र संयोजक ध्रुवविक्रम ओली चुनिएका छन् । अखिल क्रान्तिकारीले ६ नम्बर प्रदेशको इन्चार्जको जिम्मा पञ्चा सिंह र संयोजकको जिम्मा खेमबहादुर सिंहलाई दिएको छ ।
७ नम्बर प्रदेश इन्चार्ज रमेश धामी र संयोजक उद्धव भट्टराई तोकिएका छन् ।
एमाओवादी निकट विद्यार्थीको फ्रयाक्सन इन्चार्ज टोपबहादुर रायमाझी तोकिएका छन् । यसअघि फ्रायाक्सन इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ थिए ।
अखिल क्रान्तिकारीले स्ववियू निर्वाचनको मिति तत्काल तोक्न माग गर्दै निर्वाचनको तयारीमा जुट्ने निर्णयसमेत गरेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

Comments

Popular posts from this blog

यी हुन् नयाँ वर्षमा घुम्न जाने ठाउँ

छापाबाट

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज