कैलालीको जंगलमा दम्पत्तीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 पुष २२ गते १४:४० मा प्रकाशित
Kailali
२२ पुस, धनगढी । कैलालीको त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा एक दम्पत्तीमाथि आक्रमण भएको छ । आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान. घाइते भएका छन् ।
घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको हो । घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको छ ।
उनका श्रीमान हिरो नेपालीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ? 'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'

भारतले यसरी डुबाउँदैछ नेपालको तराई एकलौटी बाँध भत्काऔं ! भारतसँग क्षतिपूर्ति मागौं !

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी