Posts

Showing posts from January, 2016

काठमाडाैँको यातायातमा व्यापक सुधार गर्न सकिन्छ

Image
गगन थापा     काठमाडौंका यातायातमा गरुयोजना बागमती अञ्चलमा दैनिक १८० को हाराहारीमा सवारी साधनहरु दर्ता हुन्छन् र ती मध्ये ९२% निजी सवारी साधन हुने गर्दछन्। दर्ता भएका १८० मा ९०% काठमाडौं उपत्यकाभित्र नै संचालन हुने गर्दछन्। यो भन्दा भयावह स्थिति त मानिसहरुले दैनिक तय गर्ने यात्राको २७.६% हिस्सा सार्वजनिक यातायातले ओगट्छ तर सार्वजनिक सवारी साधनले उपत्यकाभित्र गुड्ने सवारी साधनको २.५ प्रतिशत मात्र ओगट्छन्। २०६९/७० सालमा कुल २०८४६३ सवारी साधन दर्ता भएका छन्। यो संख्या ठिक दश वर्ष पहिले ५९/६० मा ३७६१० थियो। प्रतिशतमा हर्दा यो ४५४% को वृद्धि हो।  अझ त्यो भन्दा दस वर्ष पहिले ४९/५० मा यो संख्या १४२५५ मात्र थियो। पछिल्लो समयमा जति सवारी साधन आयात भएका छन् तिनमा पनि अधिकांश ८७% देखि ९३% सम्म निजी सवारीसाधन नै छन्। तथ्यांक अनुसार १९९१ मा ५३% मानिसहरू पैदल यात्रा गर्दथे भने २०१२ सम्म आइपुग्दा यो संख्या ४०% मा झरेको छ। जनसंख्या तीन गुणाभन्दा बढीले बढ्ने तर पैदल यात्रीको संख्या घट्नुले मानिसहरु सवारी साधनतिर आकर्षित भएको देखाउँछ। अझ केही अध्ययनहरुले त निजी सवारी साधनतर्फ मानिसहरूको आकर्षण बढे

‘पृथ्वी जयन्ती’ मनाउनेबारे क्याबिनेटमा आधा घण्टा बहस प्रधानमन्त्रीले भने: म यसबारे खुला छु sp

Image
माधव धिताल   काठमाडौं, पुस २२  पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेबारे मन्त्रिपरिषदको बैठकमा करिब आधा घण्टा बहस भएको छ। एक मन्त्रीका अनुसार मङ्गलबार साँझ अबेरसम्म चलेको मन्त्रिपरिषदको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तर्फबाट सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले केहि वर्षअघि खारेज गरिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने परम्परा पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव राखेका थिए। थापाले जोडदार रूपमा सो प्रस्ताव राख्दै जसरी भएपनि यो वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरी सरकारले तयारी गर्नु पर्नेमा जोड दिएका थिए। थापाले सरकारमा नहुँदा पनि पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने भन्दै सरकारलाई ज्ञापनपत्रसमेत दिएका थिए। थापाको प्रस्तावपछि प्रधानमन्त्री ओलीले  पुस २७ लाई एकता दिवस मनाउने बारेमा आफू खुला रहेको भन्दै अन्य मन्त्रीहरूसँग राय मागे। राजसंस्था अन्त्यपछि गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय खारेज गरेको थ

उत्कृष्ट अर्थमन्त्री, निकृष्ट अर्थतन्त्र sp

Image
विजय घिमिरे  print बेलायतबाट प्रकाशित हुने  फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सन् २०१६ का उत्कृष्ट अर्थमन्त्री चयन गरेको समाचार नेपालमा संचारमाध्यममा सार्वजनिक भएलगत्तै फेसबुकलगायत सामाजिक संजालमा भने तिखा प्रतिक्रिया सार्वजनिक भए। के द बैंकरले भनेजस्तै डा. महत उत्कृष्ट अर्थमन्त्री हुन्? समाजिक सञ्जालमा भने यसप्रति निकै तिखा घोचपेच प्रतिक्रियाका रुपमा आए। देशमा आर्थिक स्थायित्व कायम राख्ने सवालमा डा. महत सफल अर्थमन्त्री हुन्। तर, देशको विद्यमान अवस्थाका आधारमा डा. महतले जस पाउँदैनन्। समाजिक सञ्जालमा पनि अधिकांश युवाले उत्कृष्ट अर्थमन्त्रीमा महतको चयनलाई देशको विद्यमान अवस्थाका कारणले नै हाँसोमा उडाएका हुन्। विगत दुई दशक यता पटकपटक गरी सबैभन्दा बढी समय अर्थमन्त्री हुने मौका महतले पाए। अर्थमन्त्री हुनुअघि योजना आयोगको उपाध्यका रुपमा केही बर्ष नेपालको आर्थिक परिदृश्य बनाउने महत्वपूर्ण भुमिकामा थिए। तर, केही साताअघि आएको समाचारलाई आधार मान्दा अहिले नेपाल एशियाकै सबैभन्दा गरिब देश भएको छ। युद्वबाट अझ मुक्त नपाइसकेको अफगानिस्तानले पनि

भारतसँगको यो युद्ध कसरी हार्ने ?0k

Image
२०७२ पुष २१ गते १४:०७ मा प्रकाशित -फणीन्द्र नेपाल एउटा कथाबाट शुरु गरौं । कुनै सामन्त वा मुखियाले आफ्नो घरमा बसेको हलिया/कम्लरीलाई काम बिगारेको निहुँमा गाली गर्दै लात्तैलात्ताले हिर्काउँदोरहेछ । हिर्काउने मात्र होइन, त्यसको अनुहारभरि थुकी पनि दिँदोरहेछ । आफ्नो सानोतिनो गल्तीमा पनि आफूमाथि अत्याचार गर्ने मालिकको रौद्र रुप देखेर बिचरा त्यो नोकर भने अलिकति पनि रिसाउँदो रहेन छ । रिसले उत्तेजित हुने त कुरै छाडौँ, उल्टो मेरै गल्तीका कारण मालिकले रिसाउनुपर्‍यो भन्दै आफैलाई धिक्कार्दाेरहेछ । ऊ क्रोधित भएको मालिकलाई थप उत्तेजित पार्ने कुरा गर्नु महापाप हो भन्ने सोच्दो रहेछ । अन्याय सहेरै मालिकको कृपा पाइरहूँ भन्ने कुराबाहेक अन्यथा सोच्नु आफ्नो दुर्दशा निम्त्याउनु हो भन्ने मान्यता स्थापित गरेको हुँदा मालिकले अत्याचार दोहोर्‍याए, तेहेर्‍याए पनि ऊ हरेक पटक प्रतिक्रिया शून्य बन्दो रहेछ । एउटा नोकरले मालिकविरुद्ध जानु हुँदैन, मालिक त अन्नदाता मात्र होइन, भगवान् नै हुन्Ù उहाँको मन अशान्त पार्ने कुरा मैले कदापि गर्नु हुँदैन, मालिकलाई मन नपर्नु कुरा त परै जाओस्, यस्तो कुरा मनमा आउन पनि द

कैलालीको जंगलमा दम्पत्तीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Image
 पुष २२ गते १४:४० मा प्रकाशित २२ पुस, धनगढी । कैलालीको त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा एक दम्पत्तीमाथि आक्रमण भएको छ । आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान. घाइते भएका छन् । घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको हो । घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको छ । उनका श्रीमान हिरो नेपालीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री थापाको घोषणा : प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै भारतीय नाकाबन्दी खुलिसकेको दाबी

Image
२०७२ पुष २२ गते १४:५४ मा प्रकाशित २२ पुस, काठमाडौं । उपप्रंधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने घोषणा गरेका छन् । भारतले पहिले निमन्त्रणा गरेकाले पहिलो भ्रमण पनि त्यहीँ हुने र त्यसपछि मात्रै चीन जाने मन्त्री थापाले जानकारी दिएका छन् । ‘दुवै देशतिर भ्रमणको तयारी छ,’उपप्रधानमन्त्री थापाले रिपोर्टर्स क्लवमा बुधबार पत्रकारहरुसित भने, ‘तर प्रधानमन्त्री भएलगत्तै भारतबाट निमन्त्रण आएकाले पहिलो भ्रमण त्यहीँ हुनेछ ।’ उनले भ्रमण मिति तय नभइसके पनि फेबु्रअरीको दोस्रो सातातिर हुन सक्ने बताए । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले भने भारतीय नाकाबन्दी जारी रहँदासम्म भारत नजाने अडान लिँदै आएका छन् । नाका सुचारु भइसकेको दाबी परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरुमा आपूर्ति सूचारु भइसकेको बताए । वीरगञ्जमा नेपालतर्फकै अवरोधका कारणले नै आपूर्ति अवरुद्ध रहेको समेत उनले दाबी गरे । मन्त्री थापाको यस्तो भनाइले अब भारतको

फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा ! होटलमा कोठा दिँदा छोरो गायव ! अपराधमा यसरी बढ्न थाल्यो महिला सहभागिता

Image
२०७२ पुष २२ गते १३:१८ मा प्रकाशित रमेश धमला २२ पुस, काठमाडौं । युवतीका हातमा हत्कडी थियो । अनुहारमा खासै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी-यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी निर्धक्क सुनाइन् । होटलवालाकै छोरालाई भगाइन् पुस ७ गते ठमेल स्थित एक होटलमा ‘डा. सुहाना केसी’ले कोठा लिइन् । डाक्टर सुहानाले आफु डीआइजीकी छोरी भन्दै परिचय दिएपछि होटलका सञ्चालकले पनि सहजै कोठा दिए । त्यहीवीचमा डा. सुहानाले होटलका सञ्चालकका छोरालाई आफ्नो मायाजालमा पारिन् । १९ दिनपछि अर्थात डिसेम्बर २२ मा होटलबाट डा. सुहाना र होटलवालाका छोरा गायब भए । छोरा र युवती दुबै हराएको थाहा पाएपछि होटल सञ्चालक अपराध महाशाखामा पुगे । महाशाखाले तत्काल अनुसन्धान सुरु गर्दा डा. सुहाना र युवक भारत पुगिसकेका थिए । मोटरसाइकलमा भैरहवा हुँदै भारत पुगेका दुबैजना जब फेला परे, तब खुल्यो यिनी न डाक्टर सुहाना थिइन्, न त कुनै डीआइजीकी छोरी नै । उनी थिइन् गुल्मीबाट बुटवल झरेकी ‘नटवरलाल’ अर्थात भगवती केसी । जसले धेरैलाई एउटै शैलीमा ठगिसकेकी थिइन् । आफैं

नाकाबन्दीको मारः मध्यरातमा खाना पकाउँदै गृहिणी

Image
२०७२ पुष २२ गते ११:३४ मा प्रकाशित २२ पुस, काठमाडौं । पेप्सीकोलाकी सुप्रिया दाहालले आफ्नो सुत्ने कोठाको भित्तामा लोडसेडिङको तालिका टासेकी छिन् । सुत्ने बेलामा मोबाइलको लाइट बालेर तालिका हेर्छिन् र त्यहि मोबाइलमा अलार्म लगाउँछिन् । पछिल्लो एक महिनामा तीनपटक उनको भित्ताले तालिका फेरिसेकको छ र लोडसेडिङ मोटाएर १५ घन्टासम्म पुगेको छ । अचेल प्रायः मध्यरातमा सुपि्रयाको भान्सामा भाँडाकुँडा बज्न थाल्छन् । किनभने उनको भान्सामा खाना पाक्न बत्ति आउनुपर्छ । अहिलेको तालिका अनुसार बिहान-बेलुकी खाना पकाउने समयमा प्रायः बत्ति हुँदैन । ‘ग्यास सकिएको १५ दिन भो,’ सुपि्रया भन्छिन्, ‘राति बत्ति आएपछि खाना पकाउँछु र बिहान-बेलुकी त्यहि खान्छौं ।’ एउटा नीजि विद्यालयमा पढाउने सुपि्रयाले बिहान साढे आठ बजे खाना खाएर घरबाट निस्किसक्नुपर्छ । बेलुकी पाँच बजे मात्रै फर्किन्छिन् । पछिल्लो लोडसेडिङ तालिका अनुसार सातामा दुई दिन मात्रै राति ९ बजे अगाडी बत्ति आउँछ । बाँकी पाँच दिन १० बजे, ९ बजे, १० बजे, १२ बजे र ११ बजे बत्ति आउने तालिका छ । ‘११ र १२ बजे बत्ति आउने दिन अलार्म लगाएर सुत्छु,’ उनले अनलाइनखबर

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

Image
प्रमुख सचेतकमा भानुभक्त ढकाल २०७२ पुष २१ गते १९:४० मा प्रकाशित २१ पुस, काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेताको जिम्मेवारी संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्वाङलाई दिएको छ । आज बसेको एमालेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता र भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको हो । एमालेले अहिलेसम्म संसदीय दलको उपनेता चयन गरेको थिएन भने पूर्व प्रमुख सचेतक अग्नी खरेल कानुनमन्त्री नियुक्त भएपछि गोकुल घर्तिले कार्यबाहक प्रमुख सचेतकको भूमिका निभाउँदै आएका थिए । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेम्वाङ र ढकाललाई नयाँ जिम्मेवारी दिएको हो । नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ढकाल समानुपातिक सांसद हुन् । घर्ति भने एमाले संसदीय दलको सचेतकमा कायमै छन् ।

अखिल क्रान्तिकारीले ७ प्रदेशको इन्चार्ज तोक्यो, प्रवक्ताको जिम्मा बस्नेतलाई

Image
२०७२ पुष २२ गते ११:३७ मा प्रकाशित   २२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रादेशिक संरचनाअनुसार संगठनात्मक स्वरुप निर्माण गरेको छ । क्रान्तिकारीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी सुरेन्द्र बस्नेतलाई दिएको छ । सुरेन्द्र बस्नेत नयाँ संविधान अनुसारको संगठनात्मक संरचना निर्माण गर्न र समसामयीक राजनीतिक परिस्थितिअनुसारको रणनीति तय गर्न क्रान्तिकारीको पदाधिकारी बैठक बसेको थियो । बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा चिरञ्जीवी लामिछाने र संयोजकको जिम्मेवारी महेन्द्र भट्टराईलाई दिएको छ । प्रदेश नम्बर २ को इन्चार्ज रामबाबु बैठा र संयोजक महेशलाल यादव तोकिएका छन् । यसैगरी प्रदेश नम्बर ३ को इन्चार्ज दीपक देवकोटा र संयोजक विजय गौतम, ४ नम्बर प्रदेशको इन्चार्ज पुरन केसी र संयोजक अमरदीप पराजुली तोकिएका छन् । यस्तै ५ नम्बर प्रदेशको इन्चार्ज तिलकराज भण्डारी र संयोजक ध्रुवविक्रम ओली चुनिएका छन् । अखिल क्रान्तिकारीले ६ नम्बर प्रदेशको इन्चार्जको जिम्मा पञ्चा सिंह र संयोजकको जिम्मा खेमबहादुर सिंहलाई दिएको छ । ७ नम्बर प्रदेश इन्चार्ज रमेश धामी र संय

ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन बन्दुकमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

Image
२०७२ पुष २२ गते १४:०८ मा प्रकाशित   २२ पुस, काठमाडौं । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका छन् । यसो भन्दैगर्दा ओबामा निकै भावुक भए र कारवाही नगर्न कुनै बाहना नचल्ने बताएका छन् । ओबामाले साथमा बन्दुक राख्ने नागरिकहरुको पृष्ठभूमि अध्ययन गर्नुका साथै मानसिक स्वाथ्य र अपराधको इतिहासँग जोडिएको नियम बनाउने बताएका छन् । साथै उनले चोरी हुने बन्दुकको जानकारी दिने कानूनलाई राम्ररी लागू गरिने बताएका छन् । मानसिक स्वास्थ्यको उपचारसम्म मानिसहरुको पहुँच पुर्‍याउने तयारी पनि भइरहेको उनले जनाएका छन् । यस्तो घोषणा गरिरहँदा ओबामाको आँखाबाट आँसुको धारा बगेको थियो । बन्दुकका लागि गर्नेहरुले संसदलाई बन्धक बनाएको उनले बताए । उनले भने- तर, अब अमेरिका बन्धक बन्न सक्दैन । अमेरिकामा अहिले सडक दुर्घटनामा मृत्यु हुने भन्दा गोलाबारीबाट मृत्यु हुनेको संख्या धेरै भइसकेको छ । अमेरिकी कानूनले त्यहाँका नागरिकलाई घरमा बन्दुक राख्ने अनुमति दिँदै आएको छ ।

कांग्रेस–नीति समाजवादी, व्यवहार व्यक्तिवादी

Image
 अर्जुननरसिंह के.सी.  सांसद एवं केन्द्रीय सदस्य, नेपाली काँग्रेस  “.....केवल प्रजातन्त्रवादकै चर्चा गर्नु बोक्रे कुरा मात्र हो। राजनीतिक परिवर्तनले मात्र जनताको वास्तविक कल्याण हुन्न। यद्यपि क्रुर स्वेच्छाचारी शासनको तल थिचिएका हामी नेपालीहरूलाई हाल प्रजातन्त्रवादको बोक्रे आदर्श पनि निकै राम्रो लाग्नेछ र हामी यस आदर्शको विषयमा कुनै सम्झौता गर्न तैयार हुने छैनौँ। परन्तु ...न्यायपूर्ण आधारमा सामाजिक ब्यवस्थाको पुनःनिर्माण नभएसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ। राजनीतिक क्षेत्रमा प्रजातन्त्रवाद स्थापित भए पनि यदि आर्थिक शोषण कायमै छ भने जनताले सुख र शान्ति पाउन्नन्। यसै कुरालाई ध्यानमा राखी नेपाली काङ्ग्रेसले राजनीतिक र आर्थिक समानताको आधारमा खडा भएको प्रजातन्त्रवाद आफ्नो लक्ष बनाएको छ।”  - नेपाली काँग्रेसको पहिलो घोषणापत्र, बि.सं. २००६ बाट। आफ्नो करिब ७० वर्षको जीवनमा नेपाली काँग्रेस आज नवयुगको चौबाटोमा आइपुगेको छ। युगको परिवर्तनसँगै काँग्रेसको भूमिका, दायित्व र जिम्मेवारीमा पनि स्वाभाविक परिवर्तन आएको छ। तर आफ्नो सिद्धान्त, मान्यता, प्रतिबद्धता, लक्ष्य र जनउत्तरदायित्वमा ह