Posts

सरकार ढाल्न एमाले भित्र चलखेल : सिटौला सीमांकन परिवर्तन गर्न जिल्लावासीको सुझाव लिनुपर्ने धारणा

Image
२०७२ पुष १४ गते १४:४३ मा प्रकाशित   १४ पुस, भैरहवा । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार ढाल्न एमाले भित्र चलखेल सुरु भएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले कुनै व्यक्ति विशेषको नाम त लिएनन् तर, एमालेकै नेताहरु सरकारको काम कारवाहीप्रति असन्तुष्ट भएर ओलीको विकल्प खोज्न थालेको बताए । उनले नेपाली कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको जिकीर गरे । तीखा भाषण गरेर मात्र केही नहुने भन्दै भूकम्पपीडितको पक्षमा काम गर्न उनले सरकारलाई सुझावसमेत दिए । ‘भूकम्प पीडितका लागि बस्ने ठाउँ छैन, खाना छैन, लगाउने कपडा छैन, त्यसैले धेरै प्राविधिक कुरा गरेर, धेरै बोलेर हुँदैन, तिखा-तिखा भाषण गरेर केही हुने वाला छैन,’ प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै सिटौलाले भने, ‘अहिलेको मुख्य आवश्यकता भने भूकम्प पीडितको ज्यान बचाउनु हो ।’ सिटौलाले संसदबाट पुनर्निर्माण प्राधिकरण सहजरुपमा पारित भएपनि प्राधिकरण र सरकारका अंगहरु क्रियाशिल हुन नसकेको टिप्पणी गरे । महामन्त्री सिटौलाले संविधान कार...

प्रधानमन्त्रीको तर्क : म ठीक छु, पत्रकारहरु खराब ! 'फेसबुक र ट्वीटर हेरेर सरकार चलाउँदिन'

Image
२०७२ पुष १४ गते १३:२६ मा प्रकाशित   १४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गरेकोमा सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका छन् । आफू प्रधानमन्त्री बन्दा तराईमा आन्दोलन भइरहेको, नाकाबन्दी रहेको र आपूर्ति व्यवस्था निकै कठिन अवस्थामा पुगेको तीन हप्ता भइसकेको थियो भन्दै प्रधानमन्त्री ओलीले भने-त्यसलाई मैले सामान्यीकरण गर्न प्रयास गरेको छ र सामान्यीकरणको दिशामा जाँदैपनि छ । केही समयभित्र पूर्ण रुपमा सामान्य अवस्थामा ल्याउने मेरो अठोट छ । म त्यो काम गर्छु ।’ आफ्नो आलोचना भएकोमा आक्रोस पोख्दै उनले भने-यस्तो लाग्छ मैले कार्ड पठाएर आपूर्ति व्यवस्थामा व्यवधान आमन्त्रण गरेको हुँ कि ? जस्तो गरेर काफी चर्चाहरु देख्छु म । भूँइचालो पनि मैले नै बोलाइलिदएको थियो कि जस्तो गर्न थालेका छन् ।’ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् जम्बो बनाएकामा भएको आलोचनाको पनि प्रतिपाद गरे । कांग्रेसतर्फ लक्षित गर्दै उनले भने-‘२०५ जना सांसद हुँदा पनि ४९ जना बनाउने साथीहरु नै संसदमा अहिले ठूलो संख्या भो भनेर आवाज उठाइरहनुभएको छ ।’ आफूले कुनै म एश्क्युज नखोज्ने र कलम ठूलो कि तरबार...

एमालेको साख : ती मनमोहन ! यी केपी ओली ! अब सकियो ९ महिने एमाले सरकारको ब्याज

Image
२०७२ पुष १४ गते १४:५६ मा प्रकाशित १४ पुस, काठमाडौं । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो ९ महिने शासन कालमा २० वर्ष पहिले छाडेका केही सकारात्मक कामहरुको ब्याज एमाले नेताले अहिलेसम्म खाइरहेका थिए । तर, केपी ओलीले प्रधानमन्त्री बनेको ९ हप्तामै मनमोहनले नासो स्वरुप छाडेर गएको साख धूलोमा मिलाउने क्रम सुरु गरेका छन् । सार्वजनिक यातायात, चिया पसल वा गाउँघरमा जतात्यतै यतिबेला मन्त्रालय फुटाउने कार्यको आलोचना भइरहेको छ । जनमानसमा जतात्यतै ओली सरकारको भण्डाफोर हुन थालेको छ । एमाले कार्यकर्ताहरु आफ्नो सरकारको कार्यशैली देखेर लज्जित बन्न बाध्य छन् । त्यो मनमोहन सरकार ! ०५१ साल मंसिर १४ गते तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठन भएर ९ महिनासम्म चलेको एमाले सरकारमा जम्मा ९ जनामात्रै मन्त्री थिए । ६ जना राज्यमन्त्रीसहित मनमोहन सरकार १५ सदस्यीय मात्र थियो । मनमोहन मन्त्रिमण्डलमा माधव नेपाल, केपी ओली, सीपी मैनाली, भारतमोहन अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित र पद्मरत्न तुलाधरसमेत ८ जना ‘फूल मन्त्री’ थिए । सो मन्त्रिपरिषदमा अशोक राई, सुवासचन्द्...

गगन थापा नेतृत्वको ‘मिलेर बनाऔं विद्यालय अभियान’ दोश्रो चरणमा

Image
नेपाली कांग्रेसका नेता तथा संसद गगन कुमार थापा नेतृत्वमा ‘सहयोगी हात अभियान’ अन्तर्गत सुरु भएको विद्यालय निर्माण कार्यक्रमले दोश्रो चरण सुरु गरेको छ l जर्मन-नेपाल फ्रेन्डशिप असोसिएशन र किन्डरहिल्फे नेपालको तर्फबाट ४० हजार युरो सहयोग र ग्लोबल सेपर्स काठमाडौंको गणेश उच्च मावि बुढानिलकण्ठमा ‘नमुना विद्यालय भवन’ निर्माणद्वारा दोश्रो चरणको कार्यक्रम थाल्ने ‘सहयोगी हातहरु’ अभियानले जनाएको छ l भूकम्प पश्चात भत्केका विद्यालय निर्माण गर्ने उदेश्यले विभिन्न ब्यक्तिव्त तथा संस्थाहरुको सहयोगमा थापाको नेतृत्वमा उक्त कार्यक्रम शुरु भएको हो l गत वैशाखमा गएको भूकम्पबाट ८ हजार विद्यालय र ४० हजार भन्दा बढी कक्षाकोठा क्षतिग्रस्त भएका थिएl ‘पुनर्निर्माण प्राधिकारण गठन हुन यति धेरै समयl अझै काम सुरु गरेको छैनl तर यस्तो आयोग नबनेमा वा वैदेशिक सहायताका शर्त पुरा नगरेमा हामी केही गर्न सक्दैनौं त?’ विद्यालय भवन निर्माणको दोश्रो चरण शुरु गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीले सरकारको मुख मात्र ताकेर बस्नु उपयुक्त नहुने ठान्यौंl’ गत जेष्ठ १० गते शुरु भएको विद्यालय भवन निर...

क्रियाशील सदस्यता एकलौटी बाँडेको भन्दै कांग्रेस नेता आमरण अनसनमा

, पुस १३  prin काँग्रेस सोलुखुम्बुमा पार्टीको क्रियाशील सदस्यता एकलौटी वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले दोस्रो दिन पनि रिले अनशन जारी राखेका छन्।    सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिले निर्णय गरेर पठाएको परिपत्रलाई उलङ्घन गरी एकपक्षीय ढङ्गले वितरण गरेको भन्दै अनशन बसेका हुन्।  केन्द्रीय सदस्य केसीले जिल्लाका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, गाविसका सभापतिलाई नसोधी कोठामा बसेर क्रियाशील सदस्य वितरण गरेको आरोप लगाए।    उनले पार्टीको केन्द्रीय सदस्यलाई समेत क्रियाशील सदस्यता नदिएको भन्दै मंगलबारदेखि आमरण अनशन बस्ने बताए।   अनशनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला सङ्घ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनशनमा बसेका छन्।    सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा एक हजार ७९१ क्...

एक घर, एक मन्त्री : हरेक व्यक्ति स्वत: मन्त्री ! व्यंग्य : मन्त्रालयहरूको वैज्ञानिक खण्डीकरण

Image
    शैलेश भट्टरार्इ यसपालिको पुनर्गठनमा त्यस्तैउस्तै भो, आगामी पुनर्गठनमा चाहिँ सरसफाइ मन्त्रालयलाई पनि टुक्र्याएर नुवाइ-धुवाइ मन्त्रालय र बढार-कुँढार मन्त्रालय बनाइने छ। पशु विकास मन्त्रालयलाई विखण्डन गरेर भैंसी विकास मन्त्रालय,बाख्रोन्नति मन्त्रालय, गाई मन्त्रालय इत्यादि बनाइनेछ भने छुट्टै पंक्षी विकास मन्त्रालयको गठन  पनि समानान्तर रूपमा  गरिनेछ। त्यतिले पनि नपुगे कुखुरा विकास मन्त्रालय, हाँस  विकास मन्त्रालय पनि बनाइनेछ। आपूर्ति मन्त्रालयलाई पेट्रोल वितरण  मन्त्रालय, डिजेल मन्त्रालय, ग्यास मन्त्रालय बनाइनेछ। मट्टीतेलको माग न्यून भएको हुनाले भने यसको नाममा मन्त्रालय गठन गर्नुको भने कुनै  तूक देखिंदैन। जनसंख्या मन्त्रालयलाई पनि बिखण्डन गरी महिला मन्त्रालय,पुरुष  मन्त्रालय, युवा मन्त्रालय,वालवालिका मन्त्रालय र ज्येष्ठ नागरिक मन्त्रालय बनाउनुपर्ने हो तर महिला, वालवालिका  र युवाको नामको मन्त्रालय पहिले नै मौजूद रहेकाले पुरुष मन्त्रालय र ज्येष्ठ नागर...

'सय दिनपुगेपछि एमाओवादीले ओली सरकार ढाल्ने'एमाले नेताद्वारा ओलीको आलोचना

सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले गठनको एक सय दिन पुगेपछि सरकार ढाल्ने बताएका छन्। रिपोर्टस क्लबले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा एमाओवादी नेता किराँतीले महङ्गी, कालोबजारी र तस्करी नियन्त्रण गर्न तथा मधेश आन्दोलन सम्बोधन गर्न असफल भएकाले सय दिन पुगेपछि आफ्नो पार्टीले सरकार ढाल्ने बताए। उनले पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने आवाज उठेको तर अध्यक्ष पुष्पकमल दाहालले हनिमुन अवधि पूरा भएपछि सोचौंला भन्ने जवाफ दिएको पनि बताए। एमाओवादी नेता किराँतीले प्रधानमन्त्री ओलीका गतिविधि मुलुकलाई नै लज्जित बनाउने खालका भएकाले सय दिन पुगेपछि एमाओवादी सरकार गिराउने काममा लाग्ने बताए। साक्षात्कारमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले भुकम्प प्रभावित जनताले झेल्नुपरेको पीडा र अभावका नाममा मौलाएको कालोबजारीका कारण आम जनताले भोग्नुपरेको सास्तीप्रति प्रधानमन्त्री  ओली संवेदनहिन बनेको आरोप लगाए। उनले प्रधानमन्त्री ओली जनताको पीडामा मलम लगाउनतिर भन्दा आफन्तलाई विज्ञका नाममा जागिर खुवाउनतिर व्यस्त भएको बताए।...