Posts

फाल्गुनन्दमा नेकपा उम्मेद्वार बिरबहादुर कुरुम्बाङले फक्ताङलुङ चिया बगानको रकम हिनामिना गरेको खुलासा l

Image
पाचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट  फाल्गुनन्द गाँउपालिकामा अध्यक्षको उम्मेद्धार बनेका बीरबहादुर कुरुम्बाङले फाल्गुनन्द ६ मा रहेकाे फक्ताङलुङ चिया बगान प्रालिको रकम हिनामिना गरेको खुल्नमा आएको छ । प्रालिको सहलेखापाल भएको बखत कुरुम्बाङको नाममा देखिएको बेरुजु रकम २० बर्ष नाघिसक्दा पनि नमिलाएकाले तत्काल हिसाब मिलाउन भन्दै पत्राचार गरिएको हो । हिसाब नमिलाए कानुनी उपचार खोज्ने भन्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी र नेकपा पाँचथरका अध्यक्षलाई बोदार्थ दिएर कुरुम्बाङलाई पत्राचार गरेको भेटिएको हो । प्रालिका संस्थापक सदस्य सन्तबिर आङ्देम्बेद्धारा लिखित पत्रमा हिसाब नमिलाए कानुनी उपचार खोज्ने उल्लेख छ  । कुरुम्बाङलाई २०७६ कात्र्तिक २० गते लेखेको पत्रमा कम्पनीको कागजात बरबुजारत गर्न र बेरुजु रकम चुक्ता गर्न भनिएको छ । ‘प्रालीको २०७६ कात्र्तिक १८ गतेको निर्णय अनुसार ०५६÷०५७ र ०५८÷०५९ सम्मको लेखापरिक्षण गरिएको प्रतिबदेनमा तपाई सहलेखापाल भई काम सञ्चालन गरेको अवस्थामा दुई लाख ८३ हजार ३२ रुपैँया ८८ पैसा बेरुजु देखिन्छ,’ कुरुम्बाङलाई लेखिएको पत्रमा उल्लेख छ ‘तपाईले शेयर लगानी सापटी रु ३५ हजा

काठमाडाैँको यातायातमा व्यापक सुधार गर्न सकिन्छ

Image
गगन थापा     काठमाडौंका यातायातमा गरुयोजना बागमती अञ्चलमा दैनिक १८० को हाराहारीमा सवारी साधनहरु दर्ता हुन्छन् र ती मध्ये ९२% निजी सवारी साधन हुने गर्दछन्। दर्ता भएका १८० मा ९०% काठमाडौं उपत्यकाभित्र नै संचालन हुने गर्दछन्। यो भन्दा भयावह स्थिति त मानिसहरुले दैनिक तय गर्ने यात्राको २७.६% हिस्सा सार्वजनिक यातायातले ओगट्छ तर सार्वजनिक सवारी साधनले उपत्यकाभित्र गुड्ने सवारी साधनको २.५ प्रतिशत मात्र ओगट्छन्। २०६९/७० सालमा कुल २०८४६३ सवारी साधन दर्ता भएका छन्। यो संख्या ठिक दश वर्ष पहिले ५९/६० मा ३७६१० थियो। प्रतिशतमा हर्दा यो ४५४% को वृद्धि हो।  अझ त्यो भन्दा दस वर्ष पहिले ४९/५० मा यो संख्या १४२५५ मात्र थियो। पछिल्लो समयमा जति सवारी साधन आयात भएका छन् तिनमा पनि अधिकांश ८७% देखि ९३% सम्म निजी सवारीसाधन नै छन्। तथ्यांक अनुसार १९९१ मा ५३% मानिसहरू पैदल यात्रा गर्दथे भने २०१२ सम्म आइपुग्दा यो संख्या ४०% मा झरेको छ। जनसंख्या तीन गुणाभन्दा बढीले बढ्ने तर पैदल यात्रीको संख्या घट्नुले मानिसहरु सवारी साधनतिर आकर्षित भएको देखाउँछ। अझ केही अध्ययनहरुले त निजी सवारी साधनतर्फ मानिसहरूको आकर्षण बढे

‘पृथ्वी जयन्ती’ मनाउनेबारे क्याबिनेटमा आधा घण्टा बहस प्रधानमन्त्रीले भने: म यसबारे खुला छु sp

Image
माधव धिताल   काठमाडौं, पुस २२  पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेबारे मन्त्रिपरिषदको बैठकमा करिब आधा घण्टा बहस भएको छ। एक मन्त्रीका अनुसार मङ्गलबार साँझ अबेरसम्म चलेको मन्त्रिपरिषदको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तर्फबाट सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले केहि वर्षअघि खारेज गरिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने परम्परा पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव राखेका थिए। थापाले जोडदार रूपमा सो प्रस्ताव राख्दै जसरी भएपनि यो वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरी सरकारले तयारी गर्नु पर्नेमा जोड दिएका थिए। थापाले सरकारमा नहुँदा पनि पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने भन्दै सरकारलाई ज्ञापनपत्रसमेत दिएका थिए। थापाको प्रस्तावपछि प्रधानमन्त्री ओलीले  पुस २७ लाई एकता दिवस मनाउने बारेमा आफू खुला रहेको भन्दै अन्य मन्त्रीहरूसँग राय मागे। राजसंस्था अन्त्यपछि गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय खारेज गरेको थ

उत्कृष्ट अर्थमन्त्री, निकृष्ट अर्थतन्त्र sp

Image
विजय घिमिरे  print बेलायतबाट प्रकाशित हुने  फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सन् २०१६ का उत्कृष्ट अर्थमन्त्री चयन गरेको समाचार नेपालमा संचारमाध्यममा सार्वजनिक भएलगत्तै फेसबुकलगायत सामाजिक संजालमा भने तिखा प्रतिक्रिया सार्वजनिक भए। के द बैंकरले भनेजस्तै डा. महत उत्कृष्ट अर्थमन्त्री हुन्? समाजिक सञ्जालमा भने यसप्रति निकै तिखा घोचपेच प्रतिक्रियाका रुपमा आए। देशमा आर्थिक स्थायित्व कायम राख्ने सवालमा डा. महत सफल अर्थमन्त्री हुन्। तर, देशको विद्यमान अवस्थाका आधारमा डा. महतले जस पाउँदैनन्। समाजिक सञ्जालमा पनि अधिकांश युवाले उत्कृष्ट अर्थमन्त्रीमा महतको चयनलाई देशको विद्यमान अवस्थाका कारणले नै हाँसोमा उडाएका हुन्। विगत दुई दशक यता पटकपटक गरी सबैभन्दा बढी समय अर्थमन्त्री हुने मौका महतले पाए। अर्थमन्त्री हुनुअघि योजना आयोगको उपाध्यका रुपमा केही बर्ष नेपालको आर्थिक परिदृश्य बनाउने महत्वपूर्ण भुमिकामा थिए। तर, केही साताअघि आएको समाचारलाई आधार मान्दा अहिले नेपाल एशियाकै सबैभन्दा गरिब देश भएको छ। युद्वबाट अझ मुक्त नपाइसकेको अफगानिस्तानले पनि

भारतसँगको यो युद्ध कसरी हार्ने ?0k

Image
२०७२ पुष २१ गते १४:०७ मा प्रकाशित -फणीन्द्र नेपाल एउटा कथाबाट शुरु गरौं । कुनै सामन्त वा मुखियाले आफ्नो घरमा बसेको हलिया/कम्लरीलाई काम बिगारेको निहुँमा गाली गर्दै लात्तैलात्ताले हिर्काउँदोरहेछ । हिर्काउने मात्र होइन, त्यसको अनुहारभरि थुकी पनि दिँदोरहेछ । आफ्नो सानोतिनो गल्तीमा पनि आफूमाथि अत्याचार गर्ने मालिकको रौद्र रुप देखेर बिचरा त्यो नोकर भने अलिकति पनि रिसाउँदो रहेन छ । रिसले उत्तेजित हुने त कुरै छाडौँ, उल्टो मेरै गल्तीका कारण मालिकले रिसाउनुपर्‍यो भन्दै आफैलाई धिक्कार्दाेरहेछ । ऊ क्रोधित भएको मालिकलाई थप उत्तेजित पार्ने कुरा गर्नु महापाप हो भन्ने सोच्दो रहेछ । अन्याय सहेरै मालिकको कृपा पाइरहूँ भन्ने कुराबाहेक अन्यथा सोच्नु आफ्नो दुर्दशा निम्त्याउनु हो भन्ने मान्यता स्थापित गरेको हुँदा मालिकले अत्याचार दोहोर्‍याए, तेहेर्‍याए पनि ऊ हरेक पटक प्रतिक्रिया शून्य बन्दो रहेछ । एउटा नोकरले मालिकविरुद्ध जानु हुँदैन, मालिक त अन्नदाता मात्र होइन, भगवान् नै हुन्Ù उहाँको मन अशान्त पार्ने कुरा मैले कदापि गर्नु हुँदैन, मालिकलाई मन नपर्नु कुरा त परै जाओस्, यस्तो कुरा मनमा आउन पनि द

कैलालीको जंगलमा दम्पत्तीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Image
 पुष २२ गते १४:४० मा प्रकाशित २२ पुस, धनगढी । कैलालीको त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा एक दम्पत्तीमाथि आक्रमण भएको छ । आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान. घाइते भएका छन् । घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको हो । घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको छ । उनका श्रीमान हिरो नेपालीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री थापाको घोषणा : प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै भारतीय नाकाबन्दी खुलिसकेको दाबी

Image
२०७२ पुष २२ गते १४:५४ मा प्रकाशित २२ पुस, काठमाडौं । उपप्रंधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने घोषणा गरेका छन् । भारतले पहिले निमन्त्रणा गरेकाले पहिलो भ्रमण पनि त्यहीँ हुने र त्यसपछि मात्रै चीन जाने मन्त्री थापाले जानकारी दिएका छन् । ‘दुवै देशतिर भ्रमणको तयारी छ,’उपप्रधानमन्त्री थापाले रिपोर्टर्स क्लवमा बुधबार पत्रकारहरुसित भने, ‘तर प्रधानमन्त्री भएलगत्तै भारतबाट निमन्त्रण आएकाले पहिलो भ्रमण त्यहीँ हुनेछ ।’ उनले भ्रमण मिति तय नभइसके पनि फेबु्रअरीको दोस्रो सातातिर हुन सक्ने बताए । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले भने भारतीय नाकाबन्दी जारी रहँदासम्म भारत नजाने अडान लिँदै आएका छन् । नाका सुचारु भइसकेको दाबी परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरुमा आपूर्ति सूचारु भइसकेको बताए । वीरगञ्जमा नेपालतर्फकै अवरोधका कारणले नै आपूर्ति अवरुद्ध रहेको समेत उनले दाबी गरे । मन्त्री थापाको यस्तो भनाइले अब भारतको