Posts

Showing posts from 2019

फाल्गुनन्दमा नेकपा उम्मेद्वार बिरबहादुर कुरुम्बाङले फक्ताङलुङ चिया बगानको रकम हिनामिना गरेको खुलासा l

Image
पाचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट  फाल्गुनन्द गाँउपालिकामा अध्यक्षको उम्मेद्धार बनेका बीरबहादुर कुरुम्बाङले फाल्गुनन्द ६ मा रहेकाे फक्ताङलुङ चिया बगान प्रालिको रकम हिनामिना गरेको खुल्नमा आएको छ । प्रालिको सहलेखापाल भएको बखत कुरुम्बाङको नाममा देखिएको बेरुजु रकम २० बर्ष नाघिसक्दा पनि नमिलाएकाले तत्काल हिसाब मिलाउन भन्दै पत्राचार गरिएको हो । हिसाब नमिलाए कानुनी उपचार खोज्ने भन्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी र नेकपा पाँचथरका अध्यक्षलाई बोदार्थ दिएर कुरुम्बाङलाई पत्राचार गरेको भेटिएको हो । प्रालिका संस्थापक सदस्य सन्तबिर आङ्देम्बेद्धारा लिखित पत्रमा हिसाब नमिलाए कानुनी उपचार खोज्ने उल्लेख छ  । कुरुम्बाङलाई २०७६ कात्र्तिक २० गते लेखेको पत्रमा कम्पनीको कागजात बरबुजारत गर्न र बेरुजु रकम चुक्ता गर्न भनिएको छ । ‘प्रालीको २०७६ कात्र्तिक १८ गतेको निर्णय अनुसार ०५६÷०५७ र ०५८÷०५९ सम्मको लेखापरिक्षण गरिएको प्रतिबदेनमा तपाई सहलेखापाल भई काम सञ्चालन गरेको अवस्थामा दुई लाख ८३ हजार ३२ रुपैँया ८८ पैसा बेरुजु देखिन्छ,’ कुरुम्बाङलाई लेखिएको पत्रमा उल्लेख छ ‘तपाईले शेयर लगानी सापटी रु ३५ हजा